images
images

चैत १४ देखि आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला

चैत १४ देखि आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला

बुधवार, चैत ६ २०८१
बुधवार, चैत ६ २०८१
  • images
    images
    चैत १४ देखि आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला
    images
    images

    काठमाडौँ / अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैतको १४ देखि १८ गतेसम्म ललितपुरमा हुने भएको छ । रष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीका उत्पादन प्रवर्द्धन र बजारीकरण गर्ने मुख्य उदेश्यसहित महिला उद्यमी महासङ्घ नेपालले पाँच दिने ८औँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो । 

    महासङ्घका अध्यक्ष शोभा ज्ञवालीले ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका कृषिजन्य वस्तु, हस्तकलाका सामाग्री, खाद्य सामाग्री, सेवामूलक वस्तु तथा सेवाको प्रवर्द्धन तथा विक्री वितरण हुने जानकारी दिइन् । 

    उनकाअनुसार मेला स्थलमा वातावरणमैत्री, हस्तकला, कृषि, व्यापार तथा सेवा, खाद्य, अन्तरराष्ट्रिय गरी छ प्रकारका स्टलहरू रहने छ  । जम्मा एक सय ४४ वटा बिक्री स्टल, दुई वटा ‘प्याभिलियन’ रहने र ८२ वटा स्टल स्वदेशी तथा विदेशी महिला उद्यमीलाई उपलब्ध गराउने बताइएको छ । 

    करिब ६० हजार उपभोक्ता तथा अवलोकनकर्ताले मेला अवलोकन गर्ने महासङ्घले अनुमान गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार