आज विक्रम संवत २०८१ साल चैत्र ७ गते, बिहीबार तदनुसार ईश्वी सन् २०२५ मार्च २० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । षष्ठी तिथि बेलुकी ११ बजेर ० मिनेट उप्रान्त सप्तमी तिथि। अनुराधा नक्षत्र बेलुकी ८ बजेर १९ मिनेट उप्रान्त ज्येष्ठा । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–बृश्चिक।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यक्षेत्रमा जिम्मेवारी अरुलाई सुम्पिनु भन्दा आफैँ वहन गर्नु राम्रो हुन्छ । व्यापार व्यवसायमा सोचेअनुसारको फाइदा नहुन सक्छ । बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा बिग्रिएको काम बन्नेछ । तत्काल समस्या देखिए पनि भविष्यका लागि फाइदा हुने काम बन्नेछ । अरुकै कामका लागि महत्त्वपूर्ण समय बित्नेछ । आज सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक पक्ष बलियो रहेको छ । भौतिक साधन तथा सम्पत्ति जोड्न सकिनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ । आश मारेका काम बन्नेछ भने व्यापारबाट पनि लाभ उठाउन सकिनेछ । प्रशासनिक वा राजकीय पक्षबाट सहयोग मिल्ला। सौखले खर्च बढ्ने योग भए पनि आम्दानी पनि हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । उपहार आदिमा खर्च बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कामको प्रस्ताव आउने वा मनग्य धनलाभ आर्जन गर्न सकिनेछ।व्यवसायमा लगानी बढाउँदा मनग्य लाभ हुनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । दिगो फाइदाको लागि सम्भावना खोजी गर्ने सम्भावना छ । चिताएको काम पूरा गर्न समय लागे पनि फाइदा मिल्नेछ । महत्त्वपूर्ण जिम्मेवारी वहन गर्ने समय छ । अवसरवादीले कमजोरीको फाइदा उठाउन खोज्नेछन् भने अरुका लागि रकम र बुद्धि खर्च गर्नुपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शिक्षा, बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । मन पर्ने व्यक्तिबाट उपहार तथा विलासी वस्तु प्राप्त हुनेछ । व्यापार प्रशस्त आम्दानी हुनेछ भने नोकरीमा बढुवा हुने योग छ । व्यापारको सम्बन्धमा गरेको यात्रा लाभदायी रहनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रतिक्षा गरिएको काम बन्नेछ । प्रतिस्पर्धामा विजयी भइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मेहनतले महत्तवपूर्ण काम सम्पादन गर्न सकिनेछ । आज सोचविचार गरेर निर्णय लिनुहोला । अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। पशुधन र जमिनबाट लाभ हुनेछ। नयाँ योजना थाल्न केही समय लाग्नेछ। अनुभवी व्यक्तिहरूको सुझाव सल्लाह लिनुहोला । नयाँ योजना सुरु गर्न केही समय लाग्नेछ । सवारी साधनमा धन खर्चका योग छन्। सोचविचार गर्दा लक्ष्य पहिलाउन सकिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समयको भरपुर सदुपयोग गरी भाग्य बृद्धि गर्न सकिने समय छ । दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । उद्योग, सेयर बजार तथा व्यापारमा लगानी बढाई भनेजस्तो मनग्य आम्दानी गर्न सकिनेछ । रमाइलो र उपलब्धिमूलक यात्रा हुने सम्भावना छ । मिहिनेतले नियमित कामबाट फाइदा उठाउन सकिनेछ। दिगो योजनाका साथ काम गर्दा फाइदा उठाउन सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यक्षेत्रबाट प्राप्त अवसरहरूबाट फाइदा उठाउन सकिनेछ । साझेदारी व्यापारमा लाभ मिल्नेछ। कामहरू समयमा नै सम्पन्न हुनेछ । व्यापार व्यवसाय फस्टाउने समय छ । आम्दानीको स्रोत बृद्धि हुनेछ । अरुको भर पर्दा महत्त्वपूर्ण काम अधुरै रहनेछ । सौखले खर्च बढाउने हुँदा आर्थिक सङ्कट झेल्नुपर्ला । अरुले तपाईँको कमजोरीमाथि टिकाटिप्पणी गर्न सक्छन् सचेत हुनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार व्यवसायबाट लाभ उठाउन सकिनेछ । सेयर बजारबाट फाइदा लिन सकिनेछ । कार्यक्षेत्रमा सद्भाव मिल्नेछ । आज अवसरका साथ चुनौती पनि देखा पर्ने समय छ । परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ। भविष्यका लागि महत्त्वपूर्ण वस्तु त्याग्नुपर्ने हुनसक्छ । अल्छी गर्दा पछि परिनेछ । रोकिएको काम सम्पादन गर्नको लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिला गरिएको कामबाट फाइदा मिल्नेछ । व्यापारमा लगानी गर्न केही समय पर्खनुहोस् । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । लामो दुरीको विदेश यात्राको सम्भावना छ भने विदेशी सामानको व्यापारसमेत फस्टाउनेछ । अवसरका लागि दौडधुप गर्नुपर्ला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी बढाउने अवसर मिल्नेछ । प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्यक्षेत्रमा समयमै काम सम्पादन हुनेछ । कृषि, पशुपालन, व्यापार व्यवसायबाट मनग्य फाइदा हुनेछ । रोकिएको काम बन्नेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृढ हुनेछ । सेयर बजारबाट मनग्य फाइदा लिन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चुनौतिहरूलाई किनारा लगाउँदै महत्त्वपूर्ण काम बनाउन सकिनेछ । व्यवसाय, सेयरबजारबाट लाम लिन सकिनेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । अरुका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। लगनशीलताले उपलब्धि प्राप्त हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्नेछ । व्यापार व्यवसायमा नयाँ निर्णयहरूबाट लाभ मिल्नेछ। पहिला लिएको ऋणबाट मुक्ति मिल्नेछ। आयको अनुरूप खर्च गर्नुहोस्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वैदेशिक रोजगारीको समय लाभदायी छ । कार्यक्षेत्रमा श्रमको उचित प्रतिफल मिल्नेछ। व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ। उपलब्धिमूलक काम सम्पादन हुनेछ । तारिफयोग्य काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।