images
images

स्काइवेलको फ्ल्यागसिप सोरुम नक्सालमा, निर्देशक गेलाल भन्छन्, “हामी घरमै गएर सेवा दिन पनि तत्पर छौँ”

स्काइवेलको फ्ल्यागसिप सोरुम नक्सालमा, निर्देशक गेलाल भन्छन्, “हामी घरमै गएर सेवा दिन पनि तत्पर छौँ”

शनिवार, चैत ९ २०८१
शनिवार, चैत ९ २०८१
  • स्काइवेलको फ्ल्यागसिप सोरुम नक्सालमा, निर्देशक गेलाल भन्छन्, “हामी घरमै गएर सेवा दिन पनि तत्पर छौँ”
    images
    images

    काठमाडौँ / नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काइवेलले नक्सालमा आफ्नो फ्ल्यागसिप सोरुम काठमाडौँको नारायणचौर, नक्सालमा सञ्चालनमा ल्याएको छ । नेपालमा पाइने विद्युतीय सवारी साधनहरूमध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काइवेल इटी फाइभ नेपाली बजारमा एक बर्ष अगाडि भित्र्याएको थियो । स्काइवेलको यो नेपालमा पाँचौँ बिक्री कक्ष हो । 

    मार्च २१, शुक्रबारका दिन चिनियाँ राजदुताबासका डेपुटी चिफ अफ मिसन माहमहिम वाड् जीन्ले एक समारोहका बिच रिवन काटेर बिक्री कक्षको उद्घाटन गरे । 

    उद्घाटनका अवसरमा स्काइवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्रि म्यानेजर भिरा एवं जि मोटर्स प्रा.लि.का चेयरमेन दुर्गा प्रसाद गेलालको उपस्थिती रहेको थियो । 
     
    चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काइवेलले युरोप, अमेरिका, अफ्रिका, अस्टे«लिया, मिडल इस्ट, रसियासहित एशियामामा समेत आफ्नो बलियो बजार साख श्रृजना गरिसकेको छ । 

    स्काइवेल चिनियाँ इलेक्ट्रोनिक्स् जाइन्ट स्काइवर्थको ब्राण्ड हो । राम्रो फाइनान्सियल ब्याक अप, रिसर्च एण्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काइवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको हो ।

    भक्तपुरको राधेराधेमा पहिलो बिक्री कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक बर्ष अगाडि आफ्नो प्रिमियम एसयुभीको बिक्री वितरण शुरु गरेको थियो । नेपाली बजारमा भित्रिएको एक बर्ष भित्रमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सकेको स्काइवेलले १०० भन्दा बढी एसयुभीहरू नेपालमा बिक्री गरिसकेको छ । 

    नेपालका लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता जि. मोटर्स प्रा.लि.रहेको स्काइवेलले छोटो समयमा हासिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र नेपालमा जि.मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको देखिन्छ । 

    कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल भन्छन्, “हामी देशका सबैभन्दा प्रतिष्ठित ग्राहकलाई हाम्रा गाडि बिक्री गर्छौं, वहाँहरू घरमा आफूसँग भएको प्रिमियम जर्मन कार थन्क्याएर, पर्यावरणको जगेर्ना गर्ने माहान् सोचका साथ उही लक्जिरी प्राप्त हुने विकल्पको रुपमा स्काईवेलका एसयुभी चढ्न थाल्नुहुन्छ । त्यो स्तरका ग्राहकलाई हामीले दिनुपर्ने सेवामा हामी कहीँ कति पनि चुक्नेछैनौँ । हामी घरमै गएर सेवा दिनुपरे पनि हमेसा तत्पर रहन्छौँ । हामीसँग यथेष्ठ स्पेयर्स पार्टस् जगेडा छन् ।”

    News.JPG

    आयोजित समारोहमा बोल्दै जि. मोटर्सका कार्यकारी निर्देशक पारसमणि गेलाल भन्छन्, “स्काईवेल साधारण ईभी मात्र होइन यो प्रिमियम एसयुभी ब्राण्डको रूपमा छोटो समयमै प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारी साधन हो । यो सवारी चढेर हिँड्ने हाम्रा ग्राहकले जती गर्व गर्नुहुन्छ, यथार्थमा त्यस अनुसारको नेपाली बजारमा ब्राण्ड भ्यालु र सेवा सुविधा बनाउनु हाम्रो दायित्व हो त्यसमा हामी कहीँ चुक्ने छैनौँ ।”

    एक करोड १५ लाख रुपैयाँ मूल्यसम्म पर्ने स्काइवेलका एसयुभीको सुरुवाती भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयुभी नै ७९ लाख ९० हजार रुपैयाँ मूल्य पर्छ । यसै बर्ष स्काइवेलले अहिलेसम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी पनि लिएर आउँदैछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार