images
images

इस्तानबुलमा विपक्षी नेतालाई पक्राउ गरिएपछि ब्यापक विरोध प्रदर्शन चर्कियो

इस्तानबुलमा विपक्षी नेतालाई पक्राउ गरिएपछि ब्यापक विरोध प्रदर्शन चर्कियो

आइतवार, चैत १० २०८१
आइतवार, चैत १० २०८१
  • इस्तानबुलमा विपक्षी नेतालाई पक्राउ गरिएपछि ब्यापक विरोध प्रदर्शन चर्कियो
    images
    images
    images
    images

    इस्तानबुलका मेयर तथा विपक्षी नेता इकरम इमामोग्लुको गिरफ्तारीपछि देशभर विरोध प्रदर्शन जारी छ । 

    मेयरको नजरबन्दको विरोधमा गत बिहीबारदेखि सयौं मानिसहरू सडकमा उत्रिएका थिए ।

    मेयरलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको सबैभन्दा ठूला प्रतिद्वन्द्वी मानिन्छन  र आलोचकहरूले यस्तो कदमलाई राजनीतिक रूपमा प्रेरित भएको आरोप लगाएका छन् ।


    प्रदर्शनकारीहरूले सडक, विश्वविद्यालय र मेट्रो स्टेसनहरूमा सरकारविरोधी नाराबाजी गरे । 

    पक्राउ परेपछि, इस्तानबुल गभर्नरको कार्यालयले चार दिनका लागि सबै प्रकारका बैठक, प्रदर्शन र प्रेस विज्ञप्तिमा प्रतिबन्ध लगाएको छ भने इस्तानबुलका धेरै सडकहरू बन्द गरिएको थियो ।

    २२ वर्षदेखि सत्तामा रहेका राष्ट्रपति रेसेप तैयप एर्दोगान विरुद्ध प्रदर्शनहरु चर्किदै गएका पनि छन् । रिपब्लिकन पिपुल्स पार्टीले पक्राउलाई ‘देशको अर्को राष्ट्रपति विरुद्धको विद्रोह’ को रूपमा लेबल लगाएको छ ।

    मार्च २३ मा हुने प्राथमिक चुनावमा इमामोग्लुलाई रिपब्लिकन पिपुल्स पार्टीको राष्ट्रपति पदको उम्मेदवारको रूपमा औपचारिक रूपमा छनोट गरिने अपेक्षा गरिएको छ। उनलाई रिहा गरिन्छ कि गरिँदैन भन्ने कुराले उम्मेदवारीको विषय पेचिलो बनेको छ ।
    (सीसीटीभीप्लस)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com