images
images

दक्षिण एसियाली किसानहरुको सम्मेलन काठमाडौंमा सम्पन्न, प्रधानमन्त्री ओलीले भने–किसानहरु अधिकारका लागि संगठित हुनु जरुरी छ

दक्षिण एसियाली किसानहरुको सम्मेलन काठमाडौंमा सम्पन्न, प्रधानमन्त्री ओलीले भने–किसानहरु अधिकारका लागि संगठित हुनु जरुरी छ

सोमवार, चैत ११ २०८१
सोमवार, चैत ११ २०८१
  • images
    images
    दक्षिण एसियाली किसानहरुको सम्मेलन काठमाडौंमा सम्पन्न, प्रधानमन्त्री ओलीले भने–किसानहरु अधिकारका लागि संगठित हुनु जरुरी छ
    images
    images

    काठमाडौं/  दक्षिण एसियाका विभिन्न मुलुकमा कार्यरत किसान संगठनका प्रतिनिधिहरूको उपस्थितिमा सन् १९९४ मा गठित दक्षिण एसियाली किसान मञ्च (South Asia  Peasants" Coalition - SAPC) को पाँचौं सम्मेलन २०८१ साल चैत्र ७ र ८ गते (सन् २०२५ मार्च २०–२१) काठमाडौंमा सम्पन्न भएको छ । 

    प्रमुख अतिथि प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्मेलनलाई सम्बोधन गरेका थिए । 

    सम्मेलनले दक्षिण एशियाली मुलुकमा रहेका किसानका हक–अधिकार स्थापित गर्न तथा कृषि क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना र रणनीति तर्जुमा गरेको छ। 

    रणनीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरेर आम किसानको अवस्थामा सुधार ल्याउन पहल गर्ने अनुभवी नेतृत्व समेत निर्वाचन गर्दै दुई दिने सम्मेलन भएको थियो । 

    कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनैपनि समाजका पालक भनेका किसान र कृषि प्रणाली भएकाले बदलिएको परिस्थिति अनुरूप कृषिको आधुनिकीकरण र व्यवसायीकरण हुनुपर्ने बताए । कृषि आधारित उद्योग र रोजगारी प्रवर्द्धन गर्न ध्यान दिनुपर्दछ, प्रधानमन्त्री ओलीले भने, जलवायु परिवर्तनले कृषि र जैविक विविधताको दिगोपनामा नकारात्मक असर पुऱ्याइरहेकाले वातावरण संरक्षणमा किसानले जोड दिनुपर्ने कुरा बताए । 

    राजनीतिक परिवर्तनलाई जनताको जीवनमा सुधार ल्याउने गरी जोडेर लोकतन्त्रलाई सुदृढ तुल्याउनु पर्ने विषय प्रधानमत्री ओलीले उठाउँदै युवाको विदेश पलायनलाई रोकेर मुलुकको विकासमा लगाउनु पर्ने कुरामा जोड दिएका छन् । 

    परिश्रमी किसानहरू नै सबैभन्दा बढि गरिबीको रेखामुनी छन् । किसान स्वयं पनि संगठित बनेर आफ्‌नो अवस्थामा ठोस परिवर्तन ल्याउन अग्रसर हुनुपर्छ, प्रधानमन्त्री ओलीले भने । 

    नेपाल सरकारका पूर्वमन्त्री एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वित्तिय पूँजबादले परम्परागत कृषिलाई संकटतर्फ धकेल्दै लगेकोले सम्बद्ध सबै पक्ष सचेतनतापूर्वक यस्तो गलत प्रक्रियालाई रोक्न लाग्नुपर्ने बताएका छन् । खाद्य सम्प्रभुता कायम गर्दै कृषिमा व्यवसायिकता र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाउनु पर्ने कुरामा जोड दिए । नेकपा (एमाले) अध्यक्षको नेतृत्वमा गठित वर्तमान सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम मार्फत कृषि र किसानको अवस्थामा सुधार ल्याउन भूमिका निर्वाह गर्दै आएको समेत कार्यक्रममा बताएका छन् । 


    दक्षिण एसियाली किसान सम्मेलनको सन्दर्भमा हामीले खाद्य सम्प्रभूताको प्राप्ति, जलवायु न्याय र किसान अधिकारको सुनिश्चितता भन्ने संकल्प अत्यन्त सान्दर्भिक भएको बताउँदै यसलाई हाँसिल गर्नका लागि बहुर्राष्ट्रिय निगम र पूँजिबाद प्रवद्धिंत वित्तीय सँस्थाहरूले लागू गरेका जनहित विरोधी नीतिका विरुद्धमा किसान, कृषि मजदूर, आदिवासी तथा जनजाति, दलित समुदाय, महिला, युवा र आम श्रमिकको एकतालाई सुदृढ तुल्याएर किसान आन्दोलनलाई अझै विस्तारित एवं परिणाममुखी बनाउनु पर्ने बहस अघि बढेको छ । सम्मेलनमा सहभागी बनेका विभिन्न देशका किसान नेताहरूले सम्बन्धित मुलुकको किसानको अवस्थाका सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरेका थिए । 

    यसैगरी किसानका मुद्दालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाएर किसानमैत्री नीति तथा योजना तर्जुमा गरी त्यसको कार्यान्वयनमा पहलकदमी लिनुपर्ने सम्मेलनमा सहभागीहरुले उठाए । 

    अखिल नेपाल महिला संघका अध्यक्ष टुकामत्र हमाल, दक्षिण एसियाली गरिबी उन्मूलन मञ्चका ९क्ब्ब्एभ्० संयोजक तथा अमेरिकाका लागि नेपालका पूर्व राजदूत डा. अर्जुन कार्की, एसियन पिपुल्स मुभमेन्ट अन डेभलपमेन्ट एन्ड डेव्टका प्रतिनिधिसहितका वक्ताहरूले सम्मेलनलाई सम्बोधन गर्दै सम्मेलन सफलताको शुभकामना प्रकट गरे । 

    kishan.jpg

    आफ्‌नो स्थापनाकालदेखि यस संगठनको नाम दक्षिण एशियाली किसान मञ्च (South Asia peasants Coalition - SAPC) रहदै आएकोमा परिवर्तित सन्दर्भमा संगठनलाई थप सशक्त र सक्रिय बनाएर आन्दोलनलाई सघन पार्न यसलाई दक्षिण एशियाली किसान फेडरेशन South Asia Peasants: Federation - SAPFa) मा रूपान्तरण गर्ने सम्मेलनले निर्णय  लिएको छ । 

    दक्षिण एसियाली देशमा रहेका कृषि, कृषक, श्रमिक, गरिब तथा आम श्रमजीवि जनताका साझा समस्या समाधान गर्न सबै देशका किसान नेताको सहभागितामा गठित घोषणापत्र मस्यौदा समितिले प्रस्तुत गरेको २४ बुँदे काठमाडौं घोषणापत्रले सुझावसहित सम्मेलनले पारित गरेको छ। 

    सम्मेलनले अखिल नेपाल किसान महासंघका अध्यक्ष तथा नेपाल सरकार, किसान आयोगका अध्यक्ष डा. प्रेम दंगालको अध्यक्षतामा दक्षिण एसियाली क्षेत्रका विभिन्न किसान संगठनका प्रतिनिधिहरू रहेको १७ सदस्य दक्षिण एसियाली किसान महासंघ निर्वाचित गरेको छ। 

    दक्षिण एसियाली किसान सम्मेलनबाट सर्वसम्मत निर्वाचित दक्षिण एसियाली किसान महासंघको नेतृत्व र आवद्ध पदाधिकारीहरु यी हुन् :

    १. अध्यक्षः डा. प्रेम दंगाल, अध्यक्ष अखिल नेपाल किसान महासंघ, नेपाल

    २. उपाध्यक्ष रखुला रखुला वेंकैया (अखिल भारतीय किसान सभा, भारत

    ३. उपाध्यक्षः निमाईचन्द गाड्गुली बड्लादेश कृक्षक समिति, बङ्गलादेश

    ४. उपाध्यक्षः तारिक महमूदस् (पाकिस्तान किसान राबिता कमिटी), पाकिस्तान

    ५. महासचिवः पुरुषोत्तम शर्मा (अखिल भारतीय किसान महासभा) भारत

    ६. सचिवः पी भि. सुन्दरा रामाराजु (अखिल भारतीय अग्रगामी किसान सभा) भारत

    ७. सचिवः बख्तियार हुसैन (जातीयो कृषक समिति), बङ्गलादेश

    ८. सचिवः बहुल आलम (बङ्गलादेश कृक्षक महासंघ), बंगलादेश

    ९. सचिवः सुवासिनी दिपा कमलनाथन (नेशनल फिशरिज सोलिडारिटी अर्गनाइजेसन)

    १०. सदस्यः पुरुषोत्तम न्यौपाने (अखिल नेपाल किसान महासघ।

    ११. सदस्यः सरिता भुसाल (महिला किसान महासंघ, नेपाल), नेपाल

    १२. सदस्य पद्मा पास्या (अखिल भारतीय किसान सभा, भारत), भारत

    बांकी रहेका पदाधिकारी एवं सदस्यहरु श्रीलका, भुटान, मालदिभ्स, अफगानिस्तान र भारतबाट पछि मनोनयन  गरिने जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार