images
images

च्याउ उत्पादक किसान संघ काभ्रे जिल्ला कमिटीको दोस्रो अधिबेसन सम्पन्न

च्याउ उत्पादक किसान संघ काभ्रे जिल्ला कमिटीको दोस्रो अधिबेसन सम्पन्न

सोमवार, चैत ११ २०८१
सोमवार, चैत ११ २०८१
  • images
    images
    च्याउ उत्पादक किसान संघ काभ्रे जिल्ला कमिटीको दोस्रो अधिबेसन सम्पन्न
    images
    images

    च्याउ उत्पादक किसान संघको काभ्रेपलाञ्चोक जिल्लाको दोस्रो जिल्ला अधिबेशन सम्पन्न गरेको छ ।

    मुलुकभरि च्याउ उत्पादन गर्ने किसानहरु विभिन्न सम्बन्धित जिल्लाहरुमा 'देशभरिका च्याउ किसानहरु एक होऔं ' भन्ने मुल मर्म लिएर  'च्याउ किसानको जागरुकता, ब्यवसायिक उत्पादनमा आत्मनिर्भरता' भन्ने नारासहित संगठित छन् । 


    काभ्रेका च्याउ किसानहरु यहि चैत १० गते आफ्नो जिल्लाको दास्रो अधिबेसन सम्पन्न गरेको जनाएको छ ।
    च्याउ किसानहरुले आत्मनिर्भर हुँदै ब्यवसायिक आधिनिक कृषि प्रणाली अपनाउँदै जानुपर्ने कार्यक्रमका प्रमुख अतिथि च्याउ उत्पादक किसान संघ नेपालका सहअध्यक्ष  सिताराम तिमल्सिनाले बताए । देशैभरि संगठित हुँदै आफ्नो हकहितका लागि अघि बढ्नुपर्ने उनले बताए । 

    यस्तैगरी अध्यक्ष शिब तिमल्सिनाले काभ्रेमा च्याउ किसानहरु संगठित हुँदै गएको र आधुनिक व्यवसायतर्फ आकर्षित हुँदै गरेको विषय अघि राखे । विविध समस्याहरुलाई स्थानिय सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाई थियो । 

    च्याउ उत्पादक किसान संघका सह अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति तिमल्सिनाले गठित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे । 

    chyau.jpg

    अध्यक्ष शिव तिमल्सिनाको नेतृत्वमा काभ्रेमा ११ जना सदस्य कमिटी गठन भएको छ । उक्त कमिटीमा उपाअध्यक्ष  शन्देश प्रधान, सचिव हरि दास श्रेष्ठ, सहसचिव  रन्जना उप्रेती, कोसाअध्यक्ष विदुर राना मगर
    लगायत छन् । 

    chyau 2.jpg

    कार्यक्रममा च्याउ उत्पादक किसान संघ नेपाल  केन्द्रीय कमिटीका सहअध्यक्ष  सिताराम तिमल्सिनाको प्रमुख आथित्यमा बिशेष अतिथि पनौति नगरपालिका उप प्रमुख गिता बनजारा, अथिति रामहरि घिमिरे, संघठन बिभाग प्रमुख, यस्तैगरी रमेश सापकोटा प्रचार बिभाग प्रमुख, श्याम सुन्दर चौलागाईं, अखिल नेपाल किसान महासंघ काभ्रेका अध्यक्ष लगायत थिए । 

    chyau 3.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार