आज विक्रम संवत २०८१ साल चैत्र १४ गते, विहीबार तदनुसार ईश्वी सन् २०२५ मार्च २७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । त्रयोदशी तिथि, बेलुकी ९ बजेर ८ मिनेट उप्रान्त चतुर्दशी । शतभिषा नक्षत्र, आनन्दादिमा–वज्र योग । चन्द्रराशि–कुम्भ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साझेदारीमा नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आज सोचविचार गरेर निर्णय लिने समय छ । सेयर बजार र वित्तीय क्षेत्रमा गरिएको लगानीबाट लाभ मिल्ने योग छ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिनेछ । अवसरका साथै आम्दानीको स्रोत फेला पर्नेछ । श्रमको उचित मूल्य पाइनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार व्यवसायमा लाभ रहनेछ। तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। नसोचेको अवसर प्राप्त हुनेछ । भाग्यले विभिन्न अवसर दिलाउनेछ। मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ। व्यापार व्यवसाय तथा सेयर बजारबाट नाफा कमाउन सकिनेछ । सरकारी तथा पैत्रिक धन तथा सम्पत्ति प्रयोग गरेर मनग्य लाभ लिन सकिनेछ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक काम बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विशेष सामान तथा उपहार प्राप्त हुने योग रहेको छ । यात्राबाट लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा काम गर्नेहरूका लागि पदोन्नति हुने सम्भावना रहेको छ। अरुका लागि रकम र बुद्धि खर्चनुपर्ला। चिताएको काम पूरा गर्न समय लाग्ने भए पनि आंशिक फाइदा हुनेछ । अवसरहरूवादीहरू सक्रिय हुनेछ । आज भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्जा आदिको लेनदेनबाट तनाव बढ्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । काम बिग्रने भयले सताउनेछ । सामान्य कामका लागि धेरै दौडधूप गर्नुपर्ला । प्रतिक्षित नतिजा कमजोर रहनेछ । दण्ड जरिवाना तिर्नुपर्ने परिस्थिति आउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्राको सम्भावना छ । सञ्चित तथा स्थायी सम्पत्तिको प्रयोगले फाइदा लिन सकिनेछ । नाफामूलक काम गरी मनग्य आम्दानी गर्न सकिनेछ । सेवामूलक काम गरी नाम पनि कमाउन सकिनेछ । सबैखाले व्यापार वा सेयरबजारबाट आम्दानी बढाउन सकिनेछ ।प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ श्रमको उचित मूल्याङ्कन हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको प्रयोगले मनग्य फाइदा लिन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ । व्यापार वा सेयरबजारमा लगानी गरि मनग्गे आर्थिक लाभ लिन सकिनेछ । कार्यक्षेत्रमा विशिष्ट व्यक्तिबाट सहयोग पाइएला। अल्छी गर्दा अवसर गुम्न सक्छ । यद्यपि, हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यक्षेत्रमा पुरानो समस्या सुल्झाउन सकिनेछ भने पुराना सम्झौता नवीकरण गर्न समय छ । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। व्यवसाय तथा सेयर बजारबाट मनग्य फाइदा लिन सकिनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ। शुभचिन्तकहरूले सहयोग गर्नेछ । यात्राको सम्भावना छ । उतारचढावका बावजुद न्यून प्रतिफल हात पर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । आज समय केही प्रतिकूल रहेको छ । परिवारको साथ नपाए पनि सहयोगीहरूले साथ दिनेछन्। समयमा कार्य सम्पन्न गर्न नसकेपनि योजनाहरू बनाउन सक्नुहुनेछ। अरुको फाइदाको लागि उपयोगी भइनेछ । आवेशको व्यवहार र असमझदारीले आफन्त टाढिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चिए अनुसार लाभ नपाइन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक सुधारका प्रयासहरू सफल रहनेछन्। व्यापार व्यवसायका लागि गरिएको यात्रा सफल रहनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । प्रसिद्धी कमाउन सक्ने समय छ । व्यापार, सेयरबजार तथा उद्योगबाट लाभ लिन सकिनेछ । स्रोतसाधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विशिष्ट व्यक्तिहरूबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ। मनोरञ्जनको क्षेत्रमा लगानी गरी नाम र दाम कमाउन सकिनेछ । हडबडीले गर्दा एउटै काम दोहोर्याएर गर्नुपर्ला । सञ्चित धन बृद्धि हुनेछ । व्यापार व्यवसायमा वेबास्ता गर्दा ठूलो नोक्सान खेप्नु पर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। राजनीति तथा कल्याणकारी कामबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । आकर्षक पहिरनमा सजिएर अरुलाई आकर्षित गर्न सकिनेछ । नतिजा सुधार्न दोहोर्याएर काम गर्नुपर्ला । मेहनतले लक्ष्य प्राप्त गर्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक रोजगार सफल रहनेछ। नयाँ कार्यको थालनिको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आर्थिक कारोबार गर्दा सचेत हुनुहोला । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरुका लागि समय फलदायी रहनेछ । आकस्मिक खर्च बढ्ने योग छ । धेरै लगानी गर्दा न्यून फाइदा हुने समय छ ।