images
images

मङ्गलबारको राशिफल : आज कस-कसलाई छ नाम, दाम र इनाम प्राप्तिको योग ?

मङ्गलबारको राशिफल : आज कस-कसलाई छ नाम, दाम र इनाम प्राप्तिको योग ?

images
मंगलवार, चैत १२ २०८१
मंगलवार, चैत १२ २०८१
  • मङ्गलबारको राशिफल : आज कस-कसलाई छ नाम, दाम र इनाम प्राप्तिको योग ?
    images
    images
    images
    images

    आज २०८१ साल चैत्र १२ गते,  मंगलबार तदनुसार ईश्वी सन् २०२५ मार्च २५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । एकादशी तिथि, बेलुकी ११ बजेर ५९ मिनेट उप्रान्त द्वादशी । श्रवण नक्षत्र, आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मकर । 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    व्यापार, सेयरबजार तथा व्यवसायमा आज गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउने सम्भावना छ भने बढुवाको योग छ । प्रशासनिक र मनोरञ्जनका क्षेत्रमा गरिएको लगानीबाट फाइदा लिन सकिनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। कीर्तिमानी काम गर्दै नाम र दाम कमाउने समय छ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। महत्त्वाकांक्षी काम बन्न सक्छ। 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    अरुको लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला। भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । लामो दुरीको यात्रा हुने योग रहेको छ । चुनौतीभित्र अवसर खोज्ने समय छ। दोहोर्याएर गरेको काममा सफलता मिल्ने योग छ । परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरुका लागि बुद्धि खर्चनुपर्ला। लगनशीलताले लक्ष्य प्राप्त गर्ने समय छ । करिअरलाई फाइदा पुग्ने अवसर प्राप्त हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    साझेदारी व्यापारमा लाभ मिल्नेछ। सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला। दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्ला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरिनेछन् । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ला। दोहोर्याएर गरेको काममा सफलता मिल्नेछ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    व्यापार वा सेयरबजारबाट नाफा कमाउन सकिनेछ । व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेको छ । श्रमको उचित मूल्याङ्कन नमिल्ला। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्न सक्ला। विशेष उपहार प्राप्त हुनेछ। छोटो समयमा उपलब्धिमूलक काम सम्पादन हुनेछ । व्यापार व्यवसायको लागि यात्राको सम्भावना छ । आकर्षक पहिरनले अरुलाई आकर्षित गर्न सकिनेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यापार व्यवसाय फस्टाउने सम्भावना भएकोले मनग्य धनलाभ हुनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । पुराना ऋण तथा समस्याहरू समाधान हुनेछ । सोचेको कार्यलाई कार्यान्वयन गर्ने समय रहेको छ। नयाँ निर्णय लिने समय छ । रोकिएको कार्य प्रारम्भ हुनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। चुनौतिका बावजुद लक्ष्य प्राप्त हुने समय छ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यापार व्यवसायमा सोचविचार गरेर आफ्नो कुरा राख्नुहोस्। आयस्रोत बढाउनको लागि नयाँ अवसरहरू मिल्नेछन्। लामो समयदेखि रोकिएको काम बन्नेछ । अवसरको सदुपयोग गरी मनग्य आम्दानी गर्न सकिनेछ । आर्थिक समस्याहरू समाधान हुनेछन् । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोग गर्न पाइनेछ । धैर्य एवं लगनशीलताले उपलब्धि प्राप्त हुनेछ। प्रयत्न गर्दा जटिल काम बन्ने समय छ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    राजनीति तथा सामाजिक क्षेत्रमा लगानी गरे पनि पद प्रतिष्ठा नपाइन सक्छ । व्यापार व्यवसायमा धेरै समय दिनुपरे पनि आम्दानी पर्याप्त नहुनसक्छ । यद्यपि, कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले आम्दानी गर्न सक्नेछन् ।पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अवसर आए पनि तत्काल फाइदा भने नहुनसक्छ । रोकिएको काम सम्पादन गर्न दोहोर्याउनुपर्ला । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    उद्योग, सेयर तथा व्यापारमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । पराक्रम बढेर जानेछ। छोटो दुरीको यात्रा तय हुनेछ । तारिफयोग्य कामले गर्दा समाजमा प्रतिष्ठा बनाउन सक्नुहुनेछ। नोकरी वा पेशामा अधिकारीहरूबाट सहयोग मिल्ला। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । व्यापार व्यवसायमा फड्को मार्न सकिने समय छ । हात परेको रकम खचृ हुनेछ । आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय छ। परिस्थिति आफ्नो पक्षमा नभए पनि मेहनतले आशा जगाउनेछ । बुद्धिको उपयोगले काम बन्ने समय छ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा काम सम्पन्न हुनेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गरेर अरुलाई आकर्षित गर्न सकिनेछ । आकर्षक बस्त्र, मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग छ । नयाँ कामको प्रस्ताव आउनेछ । कार्यक्षेत्रमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ। सवारी साधनमा धन खर्चका योग छ। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । नतिजा सच्याउन दोहोर्याएर काम गर्नुपर्ला। स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दी आउने भएपनि विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । आकस्मिक खर्च बढ्नेछ । उधारोमा व्यापार गर्नुपर्ला। कार्यक्षेत्रमा मतभेद सुल्झिने समय छ । नयाँ कार्यतर्फ अग्रसर हुन सक्नुहुनेछ। भविष्यको लागि सम्भावनाको खोजी हुनेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    श्रमको उचित मूल्याङ्कन हुनेछ । मनोरञ्जनको क्षेत्रमा समय र धन लगानी गरि नाफा कमाउन सकिनेछ । वित्तीय बजारमा आज गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । योजना बनाएर कार्य प्रारम्भ गर्नुहोस् सफलता मिल्नेछ। आस मरेको काम बन्नाले नयाँ काम गर्न उत्साह जाग्नेछ। सानो कामबाट महत्त्वपूर्ण उपलब्धि हात पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार