आज विक्रम संवत २०८१ साल चैत्र १३ गते, बुधबार तदनुसार ईश्वी सन् २०२५ मार्च २६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । द्वादशी तिथि, बेलुकी १० बजेर ४५ मिनेट उप्रान्त त्रयोदशी । धनिष्ठा नक्षत्र, सिद्ध योग, आनन्दादिमा–मित्र योग । चन्द्रराशि–मकर, मध्यान्ह १२ बजेर १६ मिनेट उप्रान्त कुम्भ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कीर्तिमान काम गर्ने समय रहेको छ। भौतिक सम्पत्ति जोड्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय छ। रोकिएका काम बन्नेछ भने नयाँ कामको अवसर आउनेछ । सरकारी धन तथा पैत्रिक धन सम्पत्ति हात लागि हुने सम्भावना छ। व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भाग्यको साथ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्दा सफलता मिल्नेछ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। पैतृक धन तथा सम्पत्ति प्रयोग गरी लाभ लिन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । सेयर बजारमा सोचविचार गरी लगानी गर्नुहोला । व्यवसायलाई समयसापेक्ष परिमार्जन गरी आम्दानी बढाउन सकिनेछ । दिगो फाइदाका लागि काम सुरु गर्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ काम पाउने र स्थानान्तरणको सम्भावना छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अनुभवी व्यक्तिको सहयोगले परिणाममूखि काम गर्न सकिनेछ । स्वास्थ्यका कारण महत्त्वपूर्ण काम रोकिन सक्छ । श्रम परे पनि लगनशीलताले केही उपलब्धि दिलाउन सक्छ। समयमा काम सम्पादन गर्न नसकिए पनि दिगो योजना बनाउन सकिनेछ। शुभचिन्तकहरूको सहयोग मिल्ने योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। समयमा कार्यसम्पादन हुनाले नयाँ कार्य काम सुरु गर्न सकिनेछ । व्यापारबाट मनग्य धन आर्जन गर्न सकिनेछ । व्यापार व्यवसायको लागि रमाइलो यात्रा हुनेछ । आकर्षक उपहार प्राप्त हुनेछ । महत्त्वपूर्ण काम बिहान गर्नु राम्रो हुनेछ । तोरिफयोग्य काम सम्पादन हुनेछ । दिउँसोदेखि समय प्रतिकूल हुने हुँदा न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पर्यटन व्यवसायबाट मनग्य आम्दानी हुने समय छ । व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । व्यापारमा फाइदा हुनेछ। लगनशीलताले रोकिएको काम सम्पादन हुनेछ। श्रमको उचित मूल्याङ्कन मिल्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। आकर्षक उपहार प्राप्त हुने समय छ । व्यापार व्यवसायका लागि यात्राको सम्भावना छ । दिगो फाइदा काम सुरु हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। दिउँसोदेखि स्थिति अनुकूल बन्नेछ। प्रतिस्पर्धामा विजयी भइने योग छ । दोहोर्याएर गरेको काम सम्पादन हुनेछ । मेहनतीहरूका लागि आजको दिन उत्साहजनक हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लोकाचारको पछि लाग्दा धन खर्चमा वृद्धि हुनेछ। व्यापार व्यवसयमा लगानी गरी मनग्य आम्दानी गर्न सकिनेछ भने नयाँ योजनाको रुप रेखा कोर्न सकिनेछ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ। अरुको फाइदाको लागि उपयोग भइनेछ । दिउँसोदेखि स्थितिमा सुधार आउनाले समस्या सुल्झाउन सकिनेछ। पहिलेको कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनुभवीहरूको सहयोगले परिणाममूखि काम गर्न सकिनेछ । रमाइलो यात्रा गर्न सकिनेछ । बिहानको समय अनुकूल छ । पेसा–व्यवसाय तथा उत्पादनमूखि व्यवसायबाट मनग्य धन आर्जन गर्न सकिनेछ । अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सकिनेछ । व्यापार लगायत आर्थिक लाभ हुने योजनाहरू सम्पादन हुनेछ । मिहिनेतको फल प्राप्त हुनेछ। भौतिक साधन जुटाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायबाट मनग्य लाभ लिन सकिनेछ। आफन्तहरूबाट सोचेजस्तो सहयोग नपाइएला। समय नमिल्दा योजनाहरू अधुरै रहनेछ । आत्मविश्वासको कमीले पछि परिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने ग्रहयोग छ। रोकिएको काम बन्नेछ। नयाँ काम सुरु गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक वस्तुहरू जोड्न सकिनेछ । पेशा व्यवसायमा समय खर्चिनेहरूका लागि समयले साथ दिनेछ । मनपर्ने भोजन, उत्तम बस्त्र तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न रहनेछ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी काम गर्ने समय छ । विभिन्न अवसर प्राप्त हुनेछ । सौखले खर्च बढाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मेहनेत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाउनेछ भने लगानीको नयाँ वातावरण बन्नेछ । आम्दानी बढ्नेछ । आवेगमा कुनै पनि निर्णय नगर्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगी जुट्नाले काममा उत्साह जाग्नेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। यात्रा गर्दा आफ्नो सरसामान सुरक्षित राख्नुहोस् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहकार्यबाट लाभ मिल्नेछ। बिहानको समय फलदायी रहनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। सोचेअनुरुप परिणाम मिल्नेछ । व्यापारमा मनग्य लाभ मिल्नेछ। बिहानको समय उत्तम रहेकाले बैकिङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ। नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ।