काठमाडौं/ यहि शनिबारदेखि सुरु हुन लागेको बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा सहभागी ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रुपमा साथ दिने भएको छ।
बिहीबार एनसेल र ललितपुर सिटी एफसीबीच सम्झौता सम्पन्न भएको छ। ललितपुर सिटी एफसीले एनएसएलको आफ्नो पहिलो खेल शनिबार साँझ ६ बजे काठमाडौं रेजर्स एफसी सँग खेल्ने छ। यो सहकार्यले ललितपुर सिटी एफसीलाई थप ऊर्जा र उत्साह प्रदान गरेको छ।
यस वर्षको एनएसएलमा ललितपुर सिटी एफसीसँगै काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, र एफसी चितवन गरी नेपालका सात टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिन ले भने,
“एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले खेलकुद तथा युवा प्रतिभाको विकासमा एनसेलको प्रतिबद्धता स्पष्ट पार्दछ। फुटबल खेललाई सबैले मन पराउने माध्यमका रूपमा अघि बढाउन पाएकोमा हामी खुसी छौं।”
एनसेल एनएसएल सिजन ३ ले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै खेलकुद विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ।
शनिबारबाट सुरु हुने यो फ्रेन्चाइज फुटबल प्रतियोगिता वैशाख १३ गते सम्पन्न हुनेछ। एनसेल यस सिजनमा प्रमुख प्रायोजकका रूपमा पहिल्यैदेखि सहभागी रहेको छ।
एनसेलको योगदान
एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले फुटबल, क्रिकेट, भलिबल, गल्फलगायतका खेलहरूको प्रवर्द्धन र पारा खेलाडीहरूको सिप विकास मा पनि सहयोग गर्दै आएको छ।
एनसेल फाउन्डेसनमार्फत खेलकुद क्षेत्रको विकासमा उल्लेखनीय भूमिका खेल्दै आएको एनसेलको यो साझेदारीले नेपाली फुटबलको विकासमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ।