images
images

कजारियाको नयाँ सोरुम सहिद चोक, धनगढीमा उद्घाटन

कजारियाको नयाँ सोरुम सहिद चोक, धनगढीमा उद्घाटन

आइतवार, चैत १७ २०८१
आइतवार, चैत १७ २०८१
  • कजारियाको नयाँ सोरुम सहिद चोक, धनगढीमा उद्घाटन
    images
    images
    images
    images

    धनगढी / भारतको अग्रणी टाइल निर्माता कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै धनगढीको सहिद चोकमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । गोदावरी टाइल एण्ड मार्बलद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।

    उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा विराज भट्टको, विशिष्ट अतिथिको रूपमा चक्र बम र अतिथिको रूपमा धनगढी उद्योग वाणिज्य संघको पधादिकारीको उपस्थिति रहेको थियो । साथै, कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनायो। यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस महत्त्वपूर्ण विस्तारको शुभारम्भ गरे ।

    समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । 

    उनले भने, “धनगढी कजारियाका लागि एक महत्त्वपूर्ण बजार हो, र यो सोरुमले हामीलाई हाम्रो प्रिमियम टाइल्सलाई स्थानीय ग्राहकसम्म पुर्याउन मद्दत गर्नेछ । हाम्रो उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र उच्च गुणस्तरका उत्पादनहरू दिनु हो, जसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने छ ।”

    धनगढीको महत्त्वपूर्ण क्षेत्रमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ । यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ ।

    प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।

    रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ ।

    नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ ।

    यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ ।  यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार