काठमाडौं/ नेपालको अग्रणी ईन्टरनेट सेवा प्रदायक डिशहोम ईन्टरनेटले ग्राहकहरुको आवस्यकतालाई मध्यनजर गर्दै ईन्टरनेटसंगै सुरक्षा निगरानीका लागि वाइफाई आइ पी क्यामेरा पनि उपलब्ध गराउने भएको छ ।
यसका लागी ईजभीज र हाईकभिजनको नेपाल वितरक शारदा समूहको भगिनी संस्था वत्सल इम्पेक्स प्राइभेट लिमिटेडसँग डिशहोम ईन्टरनेटले रणनीतिक साझेदारी घोषणा गरेको हो ।
घर निगरानी राख्नका लागी ईजभीजले उत्पादन गर्ने वाइफाइ आइ पी क्यामेराहरू विश्वभर अग्रणी स्थानमा पर्दछ । क्यामेरा उत्पादक तथा ईन्टरनेट सेवा प्रदायकको यो सहकार्यले शहरी र अर्ध–शहरी घरपरिवारहरूमा भरपर्दो र स्मार्ट निगरानीका लागी प्रयोग हुने क्यामेराको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।
उच्च–ब्यान्डविथका आवासीय इन्टरनेटको व्यापक उपलब्धतासँगै, नेपालीहरूले पनि आफ्नो इन्टरनेटसंग जोडिन सक्ने स्मार्ट उपकरणहरूको खोजी बढ्दो रूपमा गरिरहेका बेला ईन्टरनेट सेवा र वाइफाइ आइ पी क्यामेरा एकअर्काका पूरक हुने भएकाले, डिशहोमले आफ्ना वाइफाइ आइ पी आवस्यकता महशुस गरेका ग्राहकहरूलाई आफ्नो देशैभर रहेको डिलर दाईको नेटवर्क मार्फत वाइफाइ आइ पी क्यामेरा उपलब्ध गराउनेछ ।
डिशहोम र ईजभिजको सहकार्यले डिशहोमका प्रयोगकर्ताहरूको लागि झन्झटमुक्त वाइफाइ आइ पी क्यामेरा मार्फत आफ्नो घरको सुरक्षा सुनिश्चित गर्न सहज बनाउने र निरन्तर ग्राहकलाई सेवा प्रदान गर्नेछ
ईजभिजको उन्नत निगरानी क्यामेराहरूमा उच्च भिडियो गुणस्तर, नाइत भिजन, मोसन डिटे क्सन क्षमता, र मोबाइल एपहरू मार्फत सहजै पहुँच पाउन सकिने जस्ता सुविधाहरू उपलब्ध छन् ।
जसले गर्दा विश्वसनीय सुरक्षा समाधानहरू खोज्ने आधुनिक घरधनीहरूको लागि ईजभिजको प्रोडक्ट उत्कृष्ट हुनेछ ।
डिशहोमको ईन्टरनेट पूर्वाधार र इजभिजको नवीन तथा विश्वसनीय सुरक्षा सामाग्रीको साथ पाए पछि ग्राहकहरूले अब घरमा सुरक्षित वातावरणको आनन्द लिन सक्ने छन् ।