images
images

स्काइवेलले ल्यायो युरोप घुम्ने मौका, युरोपमै स्काइवेल ड्राइभ गर्ने अवसर

स्काइवेलले ल्यायो युरोप घुम्ने मौका, युरोपमै स्काइवेल ड्राइभ गर्ने अवसर

बुधवार, चैत २७ २०८१
बुधवार, चैत २७ २०८१
  • स्काइवेलले ल्यायो युरोप घुम्ने मौका, युरोपमै स्काइवेल ड्राइभ गर्ने अवसर
    images
    images
    images
    images

    काठमाडौँ / नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काइवेल ड्राइभ गर्ने ग्राहकहरूलाई स्काइवेल नेपालले युरोप भ्रमणमा लैजाने भएको छ । 

    बुधवार पत्रकार सम्मेलन गर्दै जि.मोटर्सको विजनेस हेड युग रिमालले स्काइवेल ‘विई ११’ तथा ‘स्काइवेल इटी ५’ खरिद गर्दा खरिदकर्ता जोडीलाई नै युरोप भ्रमणमा लगिने बताएका हुन् । 

    उनले भने, ‘स्काइवेल ड्राईभ–२०२५ नेपाल टु युरोप’ योजना अन्तर्गत स्काइवेलका जुनसुकै एसयुभी खरिदकर्ता कप्लसले युरोपमै गएर स्काइवेल ड्राइभको मौका प्राप्त गर्नेछन् । त्यतिमात्र होइन सन् २०२५ मोडेलको जुनसुकै भेरियन्ट टेष्ट ड्राइभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्नुहुनेछ ।’ 

    उनले यो योजनामा सामेल हुन स्काइवेल टेस्ट ड्राइभ गर्दाको अनुभव कुनै पनि सोसल मिडियामा सेयर गरि ह्यासट्याग टेस्टड्राइभ स्काइवेल ह्यासट्याग ‘स्काईवेल ड्राइभ नेपाल टु युरोप’ लेख्नुपर्ने बताए । 

    टेस्ट ड्राइभमा सहभागी हुने ग्राहकमध्ये २ जना विजेताले (१ महिला टेस्ट ड्राइभ र १ पुरुष टेस्ट ड्राइभ) समेत युरोप भ्रमणको अवसर र युरोपमै स्काइवेल ड्राइभको मौका प्राप्त गर्ने पनि उनले जानकारी दिए । 

    स्काइवेलको आयातकर्ता जि.मोटर्स प्रा. लि. ले ग्राहकलाई आफ्ना सवारी साधन निर्यात भएकै देशमा लगेर ग्राहकलाई एक्सपिरियन्स गराउने उद्देश्यका यो विशेष योजना ल्याएको पनि रिमालले बताए । 

    उनले स्काइवेलको इटी ५ लङ् रेन्ज भेरियन्टको विक्री मूल्य १ करोड १५ लाख, स्काइलेलको विई ११–४१० किमी ७९ लाख ९० हजार र विई ११– ५२० किमी ८९ लाख ९० हजार पर्न जाने बताए । 

    अत्याधुनिक सुविधा र फिचरका साथमा आउने यी दुवै एसयुभीमा उपलब्ध लक्जिरीका कारण विजनेस क्लास एसयुभी पनि भनेर चिनिंदै आएको भन्दै उनले स्काइवेलले भक्तपुरको राधेराधे र ईटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याईसकेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com