images
images

गरिमा विकास बैंकका ग्राहकहरूलाई दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट

गरिमा विकास बैंकका ग्राहकहरूलाई दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट

आइतवार, चैत २४ २०८१
आइतवार, चैत २४ २०८१
  • गरिमा विकास बैंकका ग्राहकहरूलाई दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट
    images
    images
    images
    images

    काठमाडौँ / गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरूले इ-कमर्स प्लेटफर्म दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् । गरिमा विकास बैंकका ग्राहकहरूले डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका हुन् । 

    गरिमा विकास बैंक र दराजबिच छुटसम्बन्धि सम्झौता भएको हो । नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो ।

    उक्त छुट योजनाअन्तर्गत विकास बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकहरूले दराजको बेवसाइट वा मोबाइल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म र डेविट कार्ड होल्डर ग्राहकहरूले १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् । 

    छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुनेछ । गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाइट वा मोबाइल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर सङ्कलन गरी छुट प्राप्त गर्न सक्नेछन् । 

    हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय १ एक्स्टेन्सन कार्यालय र ५० एटिएममार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com