images
images

सानिमा बैंकका कार्ड प्रयोगकर्ताहरूले भारतको एपोलो अस्पतालमा विशेष छुट पाउने

सानिमा बैंकका कार्ड प्रयोगकर्ताहरूले भारतको एपोलो अस्पतालमा विशेष छुट पाउने

आइतवार, चैत २४ २०८१
आइतवार, चैत २४ २०८१
  • सानिमा बैंकका कार्ड प्रयोगकर्ताहरूले भारतको एपोलो अस्पतालमा विशेष छुट पाउने
    images
    images
    images
    images

    काठमाडौँ / सानिमा बैंकले ग्राहकहरूले भारतको एपोलो अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई विशेष प्रदान गर्न एच.मेडिकल एण्ड डायग्नोस्टिक प्रा.लि.सँग सहकार्य गरेको हो । 

    सानिमा भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले  एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । 

    चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद र कोलकातामा रहेको अपोलो अस्पताल, चेन्नईमा रहेको अपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादमा रहेको अपोलो हेल्थ सिटी, नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो अस्पताल र चेन्नईमा रहेको अपोलो प्रोटोन क्यान्सर सेन्टरमा छुट प्राप्त गर्न सकिन्छ । 

    ग्राहकहरूले छुटका लागि अस्पताल जानु अघि बैंक वा एच.मेडिकल एण्ड डायग्नोस्टिक प्रा. लि. लाई जानकारी गराउनु पर्नेछ ।

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२६ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् । बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com