images
images

घ्यू/तेल सबैभन्दा बढी महँगो र मरमसला सस्तो भएको राष्ट्र बैंकको तथ्याङ्क, कुन क्षेत्रमा कति भयो मूल्यवृद्धि ?

घ्यू/तेल सबैभन्दा बढी महँगो र मरमसला सस्तो भएको राष्ट्र बैंकको तथ्याङ्क, कुन क्षेत्रमा कति भयो मूल्यवृद्धि ?

बुधवार, चैत २७ २०८१
बुधवार, चैत २७ २०८१
  • घ्यू/तेल सबैभन्दा बढी महँगो र मरमसला सस्तो भएको राष्ट्र बैंकको तथ्याङ्क, कुन क्षेत्रमा कति भयो मूल्यवृद्धि ?
    images
    images
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ३.७५ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो । 

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको थियो ।  अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.९५ प्रतिशत र ४.०७ प्रतिशत रहेको थियो ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १३.७४ प्रतिशतले बढेको छ । यो सबभन्दा बढी हो । 

    त्यस्तै, दाल तथा गेडागुडीको ७.८० प्रतिशत, फलफूलको ६.८२ प्रतिशत र गैर-मदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले बढेको छ ।मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सबैभन्दा बढी ५.१७ ले घटेको छ ।

    यसैगरी, तरकारीको १.२४ प्रतिशत र माछा तथा मासुको ०.७४ प्रतिशतले घटेको छ । तथ्याङ्क अनुसार, गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.१४ प्रतिशतले बृद्धि भएको छ । 

    त्यस्तै, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ प्रतिशत र यातायातको ५.०७ प्रतिशतले बढेको छ ।

    समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.१८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.६० प्रतिशतले बढेको छ ।

    गण्डकी प्रदेशमा मूल्यवृद्धि सबैभन्दा कम 

    प्रदेशगत रूपमा हेर्ने हो भने कोशी प्रदेशमा मूल्यवृद्धि उच्च द्ध भने गण्डकीमा कम रहेको छ । फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६८ प्रतिशत रहेको छ । यता, गण्डकी प्रदेशमा भने मूल्यवृद्धि सबैभन्दा कम २.९८ प्रतिशत मात्रै रहेको छ । 

    त्यस्तै, मधेश प्रदेशको ३.५२ प्रतिशत, बागमती प्रदेशको २.९८ प्रतिशत, गण्डकी प्रदेशको २.७७ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७७ प्रतिशत, कर्णाली प्रदेशको ३.८० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.४१ प्रतिशत छ ।

    फागुन मसान्तसम्म काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत, तराईको ३.७७ प्रतिशत, पहाडको ३.७२ प्रतिशत र हिमालको ४.७७ प्रतिशत रहेको छ । 

    फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति भने बढेको देखिन्छ । अघिल्लो वर्षको फागुन महिनामा यस्तो मुद्रास्फीति ३.६९ प्रतिशत रहेकोमा यस बर्ष भने बढेर ४.४३ प्रतिशत कायम भएको छ । 

    समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.०२ प्रतिशत, २.५७ प्रतिशत र ३.१७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति १.६३ प्रतिशतले बढेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com