images
images

अरुले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौँ : प्रधानमन्त्री ओली

अरुले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौँ : प्रधानमन्त्री ओली

शनिवार, चैत ३० २०८१
शनिवार, चैत ३० २०८१
  • अरुले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौँ : प्रधानमन्त्री ओली
    images
    images
    images
    images

    इटहरी / प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले २० औं वर्षमा गर्न नसकेको काम ३ वर्षमा गरेको उल्लेख गरेका छन् । शनिबार झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको प्रदेशस्तरिय जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले हुलाकी, मदनभण्डारी जस्ता राजमार्ग ३ वर्षमा बनाईएको बताएका हुन् । 

    प्रधानमन्त्री ओलीले अराजकताका साथै तोडफोड अब स्वीकार्य हुन नसक्ने बताए । प्रधानमन्त्रीले स्टन्ट बाजी गरेर देश चल्न नसक्ने बताए । उनले भने,‘ड्राइभरको सिटमा कहिले नबसेकोले गाडि हाँक्छु भनेजस्तै हो ।’ 

    उनले राजनीति अस्थिर भएपछि अनेक मानिसहरू निस्किएको बताए । देशमा स्थायीत्व ल्याउने उद्देश्यका साथ दुई पार्टी हिँडेको प्रधानमन्त्रीको भनाई छ । उनले भने, ‘दुई इतिहास बोकेका पार्टी एक छौँ । अब देशले थप गति लिन्छ ।’

    नयाँ भन्नेहरुको हालत देखिएको । जथाभावि छाडा बोलेर देश बनाउँछन् भनेर धाक लगाउनेहरूका भ्रममा नपर्न आग्रह गरे  । ऋण तिर्नु पर्दैन भनेर जनता भड्काउनेहरू राज फर्काउछौँ भनेर हिडेको असली स्वरूप चैत्र १५ गते देखिएको प्रधानमन्त्रीको भनाई छ । 

    सरकारका सबै सूचकांक सकारात्मक दिशामा रहेको उल्लेख गरेका प्रधानमन्त्री ओलीले आगामी बजेटबाट थप सुधारका बाटोमा लान सकिने उल्लेख गरेका छन् । उनले झापाका कृषहरूलाई आधुनिकीकरण गरेर कृषकलाई प्रगति गर्न आग्रह गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com