images
images

सबै नेता उस्तै भन्नु गलत : प्रचण्ड

सबै नेता उस्तै भन्नु गलत : प्रचण्ड

शनिवार, चैत ३० २०८१
शनिवार, चैत ३० २०८१
  • सबै नेता उस्तै भन्नु गलत : प्रचण्ड
    images
    images
    images
    images

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै नेता उस्तै भन्नु भाष्य गलत भएको बताएका छन् । शनिवार बर्तमान परिवेशमा कुरा गर्दा उनले भष्ट्रचारका विरूद्ध अभियान चलाउने सरकार र भष्ट्रचारीलाई  बचाउनका लागि सम्पूर्ण चिज गर्ने सरकार उस्तै भन्नु गलत र अवैज्ञानिक रहेको बताएका हुन् । 

    ‘जसरी सबै नेता उस्तै भन्ने छ त्यो गलत छ भन्ने मेरो भनाई छ । मेरो त गहिरो आरोप छ । मान्छेहरूले यस्तो किन भन्छन्,’ उनले भने । 

    उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारको क्षेत्रमा मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण करिडोरको प्रस्ताव ल्याएको भन्दै दास्रो पटकमा लोडसेडिङको अन्त्यदेखि संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाको नेतृत्व गरेको बताए । 

    सबै उस्तै भन्नु गलत भन्दै भने ‘म सुशासन, सामाजिक न्याय र समृद्धि भनेर भष्ट्रचारका विरूद्ध यत्रो अभियान चलाउने पनि उस्तै । भष्ट्रचारीलाई बचाउनको लागि सम्पूर्ण चिज गर्ने पनि उस्तै भन्ने भाष्य जो बनाइएको छ । मान्छेले भन्ने गरेका छन् नेतातन्त्र, तीन जना नेता भन्नेगरेका छन् यो नै वैज्ञानीक छैन । कुन नेता कति राम्रो कति नराम्रो हरेकको अलग अलग छानविन हुनुपर्यो । गम्भिर नागरिक, बुद्धिजिवीहरूले सबैको गुण दोषको आधारमा गर्नुपर्ने ठाउँमा सबैलाई एउटै डालोमा हाल्नु अवैज्ञानिक छ ।’ 

    उनले ऐतिहासिक रेकर्ड बनाउने सरकार र रेकर्ड भत्काउने सरकार उस्तै नहुने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com