images
images

एमभी दुगर ग्रुपले ल्यायो भारतको इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट नेपालमा, मूल्य कति ?

एमभी दुगर ग्रुपले ल्यायो भारतको इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट नेपालमा, मूल्य कति ?

आइतवार, चैत ३१ २०८१
आइतवार, चैत ३१ २०८१
  • एमभी दुगर ग्रुपले ल्यायो भारतको इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट नेपालमा, मूल्य कति ?
    images
    images
    images
    images

    काठमाडौँ / नेपालको दिगो यातायात प्रणालीलाई थप मजबुत बनाउँदै प्रतिष्ठित व्यापारिक समूह एमभी दुगर ग्रुपले इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट नेपाली बजारमा ल्याएको छ । 

    समूहले भारतको नम्बर १ इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट मोटर्ससँगको सहकार्यमा नेपाली बजारमा अत्याधुनिक इलेक्ट्रिक बाइकको श्रृङ्खला सार्वजनिक गरेको हो।

    काठमाडौँको नक्सालस्थित रिभोल्टको मूख्य शोरुममा आयोजित समारोहबिच रिभोल्टको उद्घाटन गर्दै समूहले दुई पांग्रे सवारीसाधन उद्योगमा नयाँ युगको सुरुवात गरेको सङ्केत गरेको छ । 

    पाँच दशकभन्दा बढी समयदेखि अटोमोबाइल क्षेत्रमा उत्कृष्टता हासिल गरेको दुगर ग्रुप र रिभोल्ट मोटर्सको सहकार्यले स्मार्ट, प्रदर्शनमुखी र वातावरणमैत्री प्रविधिप्रति साझा प्रतिबद्धता प्रस्तुत गरेको छ।

    नेपालमा उपलब्ध हुने पाँचवटै रिभोल्ट इलेक्ट्रिक बाइक मोडेलहरू नेपाली सवारी चालकहरूको आवश्यकता अनुरूप तयार पारिएको दावी गरिएको छ । 

    आरभि४०० : कम्पनीको प्रमुख मोडेल हो जसले १५० किमी दूरी तय गर्न सक्छ। तीन राइडिङ मोड (इको, सिटी, स्पोर्ट) र मोबाइल एप जडानको सुविधा छ। यसको मूल्य ४ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । 

    आरभि४०० बिआरजेडः यो सुलभ मूल्यमा प्रदर्शनयुक्त विकल्प भएको कम्पनीको दावी छ । यसको मुल्य ४ लाख १९ हजार रुपैयाँ तोकिएको छ । 

    RV BlazeX: यो ४ किलोवाट पावर क्षमतायुक्त नयाँ शक्तिशाली भेरियन्ट हो। यसको मूल्य ३ लाख ९९ हजार रुपैया कायम गरिएको छ । 

    आरभि वानप्लस : यो दक्षता र प्रदर्शनको सन्तुलन दिने कम्मुटर बाइक भनिएको छ । यसको मूल्य ३ लाख ४९ हजार रुपैयाँ पर्नेछ । 

    आरभि वान : यो दैनिक यात्रा उपयुक्त प्रारम्भिक स्तरको बाइक हो । यसको मूल्य २ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

    कम्पनीकाअनुसार यी सबै मोडेलहरूमा आइपि६७ रेटेड ब्याट्री प्याक, कम्बाइन्ड ब्रेकिङ सिस्टम, रिभर्स असिस्ट र रीजेनेरेटिभ ब्रेकिङ प्रणाली जडित छन्। 

    साथै, मोबाइल कनेक्टिभिटीमार्फत जीपीएस मोनिटरिङ, ब्याट्री हेल्थ, जिओ-फेन्सिङ, एन्टि-थेफ्ट अलर्ट जस्ता सुविधाहरूले नेपालको विविध भौगोलिक अवस्था अनुकूल रहेको कम्पनीको भनाइ छ । ब्याट्री सजिलै झिकेर घरमै चार्ज गर्न सकिने डिजाइन समेत रहेको छ।

    एमभी डुगर ग्रुपका अध्यक्ष  मोतीलाल दुगरले सो अवसरमा भने,“हामी रिभोल्ट मोटर्सलाई नेपालमा ल्याउन पाउँदा अत्यन्तै गौरभान्वित छौँ । यो केवल उत्पादनको सुरुवात मात्र होइन, नेपाली सवारी चालकहरूलाई भविष्यमैत्री, वातावरणमैत्री प्रविधिसँग सशक्त बनाउने हाम्रो प्रतिबद्धता हो।” 

    एमभी दुगर ग्रुपले रिभोल्टका शोरुमहरू पोखरा, विराटनगर, नेपालगन्ज, बुटवल, धनगढी लगायत १५ ठूला शहरमा विस्तार गर्ने योजना बनाएको छ। प्रत्येक शोरुममा तालिमप्राप्त इभि प्राविधिक, सेवा पूर्वाधार, र आधिकारिक एक्सेसरीहरूको व्यवस्था रहने कम्पनीले जनाएको छ । 

    रिभोल्ट माटर्सकी अध्यक्ष अञ्जली रत्तनले भनिन्, “नेपाल रिभोल्ट मोटर्सका लागि रणनीतिक बजार हो। यहाँको भौगोलिक बनावट, स्वच्छ ऊर्जाप्रति बढ्दो झुकाव र दिगो यातायातको मागले गर्दा नेपालमा इलेक्ट्रिक दुईपांग्रे सवारीसाधनको ठूलो सम्भावना छ।”

    आइतबार आयोजित उद्घाटन समारोहमा इभि प्रेमीहरू, मिडियाकर्म, व्यवसायीहरूको उल्लेखनीय उपस्थिति थियो।समारोहमा आरभि४०० को मोबाइल एप कन्क्ट्रोल, राइड कस्टमाइजेसनलगायत विशेषता प्रदर्शन गरिएको थियो। 

    नक्सालस्थित लक्षणबाबु भवन शोरुम हाल टेस्ट राइड र  बुकिङका लागि खुला भएको समूहले जनाएको छ। पहिलो १०१ ग्राहकका लागि कम्पनीले विशेष छुट पनि उपलब्ध गराउने बताइएको छ । 

    एमभी दुगर ग्रुप १४१ वर्षको गौरवपूर्ण इतिहास बोकेको एक प्रमुख पारिवारिक व्यवसायिक समूह हो। अटोमोबाइल, जलविद्युत, निर्माण, कृषि, बैंकिङ, बीमा, कोल्ड स्टोरेज लगायत थुप्रै क्षेत्रमा यस समूहको योगदान छ।

    त्यस्तै, सन् २०१७ मा स्थापना भएको रिभोल्ट इन्टेलिकर्प भारतको इलेक्ट्रिक सवारी बजारको अग्रणी कम्पनी हो।

    कम्पनीले भारतको पहिलो एआई-समर्थित मोटरसाइकल सार्वजनिक गरेको थियो, जसले स्मार्ट, सुरक्षित र वातावरणमैत्री यात्राको नयाँ परिभाषा दिएको छ। कम्पनीले आधिकारिक डिलरमार्फत पूर्ण राइडिङ अनुभवका लागि आवश्यक सबै स्पेयर पार्ट्स र एक्सेसरीहरू उपलब्ध गराउँछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com