काठमाडौँ / बर्ष २०८१ को अन्तिम कारोबार दिन पनि सेयर बजार बढ्न सकेन । यसअघिकै लयलाई पछ्याउँदै बजार ८.६२ अङ्कले घटेर २६६२.०८ बिन्दुमा झरेको हो ।
यता, सेन्सेटिभ इण्डेक्स ०.४० अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.३९ अङ्कले घटेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अङ्कले बढेको छ।
आइतबार १५७ कम्पनीको सेयर मूल्य घट्दा ८८ ओटाको मात्रै बढेको छ । नेप्से परिसूचक सामान्य घटेको बजारमा कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा आज सो रकम बढेको हो ।
साताको पहिलो कारोबार दिन आइतबार ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । कुल ३२२ स्टकको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ५४ हजार ३६१ पटकमा कारोबार भएको छ ।
बर्षको अन्तिम कारोबार दिन आज बजार पुँजीकरण रकम ४४ खर्ब २५ अर्ब ४० करोड १० लाख रुपैयाँ कायम भएको छ ।
यस दिन कारोबारमा आएकामध्ये ४ समूहको परिसूचक सामान्य बढेको छ भने अन्य समूहको सूचक घटेको छ । सबैभन्दा बढी लगानी समूहमा आकर्षण बढेको छ । आइतबार लगानी समूह १.६८ प्रतिशत, म्युचुअल फण्ड ०.२५ प्रतिशत, म्युचुअल फण्ड ०.२६ प्रतिशत र होटल तथा पर्यटन समूह ०.१४ प्रतिशतले बढेको छ ।
यता, सर्वाधिक बढी व्यापार समूहको परिसूचक १.४० प्रतिशतले घटेको छ । यसैगरी, अन्य समूह ०.८० प्रतिशत, वित्त समूह ०.८८ प्रतिशत, विकास बैंक ०.७७ प्रतिशत, जीवन बिमा ०.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.८४ प्रतिशत, लघुवित्त ०.२६ प्रतिशत, हाइड्रोपावर ०.४५ प्रतिशत, विकास बैंक ०.७७ प्रतिशत र बैंकिङ समूह ०.२१ प्रतिशतले बृद्धि भएको छ ।
आइतबार तीन स्टकको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढेको छ । १२ प्रतिशत गुडवील फाइनान्स लिमिटेडको डिवेन्चर २०८३, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्किट लेभलमा बढेको हो । त्यस्तै, त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्य ६.३० प्रतिशतले बढेको छ ।
यता, वीन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक बढी १० प्रतिशतले घटेको छ । यसैगरी बलेफी हाइडरोपावरको सेयर मूल्य ९.९८ प्रतिशत र सिन्धु विकास बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ ।
आइतबारको कारोबार रकममा सिइडिबी होल्डिङ्सको हिस्सा सबैभन्दा बढी रह्यो । यो कम्पनीको ४५ करोड ३२ लाख ९ हजार रुपैयाँ बराबरको हिस्सा रहेको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४४ करोड ४६ लाख ५९ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ४३ करोड ८२ लाख ९९ हजार रुपैयाँ र हिमालयन रिइन्स्योररेन्सको ३९ करोड ३४ लाख २४ हहजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।