images
images

मङ्गलबारको राशिफल : तपाईँको आजको दिन कति शुभ कति अशुभ ?

मङ्गलबारको राशिफल : तपाईँको आजको दिन कति शुभ कति अशुभ ?

मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • मङ्गलबारको राशिफल : तपाईँको आजको दिन कति शुभ कति अशुभ ?
    images
    images
    images
    images

    आज विक्रम संवत २०८२ साल बैशाख २ गते, मंगलबार, तदनुसार ईश्वी सन् २०२५ अप्रिल १५ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, बैशाख कृष्णपक्ष, द्वितीया, विशाखा नक्षत्र, आनन्दादिमा–छत्र योग, चन्द्रराशि–तुला ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    नयाँ कामको अवसर प्राप्त हुनेछ । व्यापारका लागि यात्राको सम्भावना रहेको छ । व्यापार व्यवसायहरूबाट मनग्य फाइदा लिन सकिनेछ । गोपनयता भंग हुनसक्छ, सचेत हुुहोला । सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला । प्रतिक्षित नतिजा हात पर्नेछ । भौतिक साधन जोड्न सकिनेछ । प्रयत्न गर्दा छोटो समयमा मनग्य फाइदा हुने काम बन्नसक्छ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    प्रतिस्पर्धामा विजयी भइनेछ । पुराना समस्या सुल्झिने समय छ । कारोबारमा आएका विवाद समाधन हुनेछ । आयआर्जनको स्रोत बृद्धि हुनेछ । प्रतिष्ठित काम सम्पादन हुनेछ । रोकिएको काम बन्नेछ । नयाँ अवसर प्राप्त हुनेछ । दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ । भौतिक साधन जोड्न सकिनेछ । हिम्मतले चुनौतिपूर्ण काम सम्पादन हुने हुँदा हौसला बढ्नेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    चुनौति पन्छाएर काम बनाउन सकिनेछ । परिश्रमको उचित मूल्याङ्कन हुनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुनसक्छ । बैंक, वित्त, कृषि तथा पशुपालनलगायतका पेशामा हुनेहरूले आज मनग्य कमाउन सक्छन् । मेहनतले अवसर प्राप्त हुनेछ भने आफ्नो क्षेत्रमा बर्चस्व जमाउन सकिनेछ । प्रयत्न गरेको काम छोटो समयमै सम्पादन हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज नयाँ लगानी गर्नदेखि जोगिनुहोस् । गरिआएको कामलाई भने निरन्तरता दिन सकिनेछ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । कृषि तथा पशुपालनको क्षेत्रबाट भने आम्दानी बढ्नेछ । दोहोर्याएर प्रयत्न गर्दा लामो समयदेखि रोकिएको काम बन्ने समय छ । बौद्धिकताको प्रयोगले आजको समय आफू अनुकूल बनाउन सकिनेछ । हिम्मत गरेकामा आँटेको काम सम्पादन हुनेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आफन्त र शुभचिन्तकहरूसँगको सहकार्यमा व्यापार व्यवसाय सुरु गर्न सकिनेछ । सानो प्रयत्नले प्रशस्त फाइदा दिलाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् । व्यापारको नयाँ योजना बन्नेछ । उत्पादनमूलक उद्योग, सेयर बजार, प्रिन्टिङ प्रेसलगायतका व्यवसायमा लगानी बढाउँदा सोचेजस्तो आम्दानी हुनसक्छ । मेहनतले उपलब्धिमूलक काम बन्नेछ भने थोरै लगानी गरेर धेरै कमाउने समय छ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    मेहनतले महत्वाकांक्षी योजना सफल हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर रहेको छ । बोलीको प्रभावले अरुलाई प्रभावित बनाएर महत्त्वपूर्ण काम सम्पादन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । मनोरञ्जनको क्षेत्रमा गरिएको लगानीबाट मनग्य फाइदा लिन सकिनेछ । पुराना समस्या दोहोरिने हुँदा काममा ब्यवधान झेल्नुपर्ला । हिम्मतले काम लिने समय छ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ । आयआर्जनको स्रोत बृद्धि हुनेछ भने मनग्य आम्दानी हुनेछ । सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्नेले फाइदा लिन सक्ने समय छ । आर्थिक पक्ष सबल रहेको छ । हिम्मतले काम लिन सकिने समय छ । भविष्यमा फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । प्रयत्न गर्दा बिग्रिएको काम बन्नेछ । कार्यक्षेत्रमा अरुको भर पर्नुभन्दा आफैँ खट्नु राम्रो हुनेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    लामो समयदेखि रोकिएको धन प्राप्त हुने समय छ । अरुको भर पर्नुभन्दा आफैँ खटेमा चिताएको काम बन्ने समय छ । लामो यात्राको योग छ । आफन्त र सहयोगीहरूबाट सहयेग नपाइन सक्छ । विदेशमा बस्नेहरूका लागि भने आजको समय राम्रो रहेको छ । आज लगानी गर्नका लागि उपयुक्त समय छैन । अवसरका लागि दौडधूप गर्नुपर्ला । व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आर्थिक पक्ष सबल रहेको छ । आकर्षक उपहार प्राप्त हुने समय छ । व्यापार व्यवसाय फस्टाउने समय छ । थोरै लगानी गरेर मनग्य फाइदा लिन सकिनेछ । समय अनुकूल हुनाले कार्य गर्नमा सहज हुनेछ। नयाँ उपलब्धि प्राप्त हुने समय छ । नियमित व्यापार व्यवसायबाट पनि प्रशस्त फाइदा हुने समय छ । मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ । उधारो, सरसापट तथा किनमेलमा खर्च बढ्नेछ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    कार्यक्षेत्रमा सफलता मिल्नेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने नयाँ अवसर प्राप्त हुने समय छ । मनग्य आम्दानी हुने हुँदा आज आर्थिक पक्ष सबल रहेको छ । उपलब्धिमूलक काम सम्पादन हुनेछ ।  नोकरीमा बढुवाको सम्भावना छ । सोच्दै नसोचेको उपलब्धि हात पर्ने हुनाले मन प्रफुल्ल रहनेछ । प्रतिष्ठित काम सम्पादन गरेर मनग्य फाइदा लिन सकिनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आकस्मिक धन प्राप्तिको योग छ । व्यापार व्यवसाय फस्टाउने समय छ । बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट सोचेजस्तो आम्दानी गर्न सकिनेछ । आज गरेका कामहरूले राम्रो उपलब्धि प्राप्त हुनेछ । समय चुनौतिपूर्ण भए पनि आँटेको काम सम्पादन हुनेछ । बोलीको प्रभावले नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । बौद्धिकताको प्रयोगले तारिफयोग्य काम सम्पादन हुनेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    मेहनतले आँटेको काममा सफलता मिल्नेछ । सवारी साधन प्रयोग गर्दा र यात्रा गर्दा सावधानी अपनाउनुहोला । मेहनतले कार्यक्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सोचेको फाइदा लिन सकिनेछ । नयाँ योजना प्रारम्भ गर्न केही समय पखर्नुहोस् । मेहनत गरेर प्रयत्न गर्दा चुनौतिपूर्ण काम सम्पादन गर्न सकिनेछ । व्यापार व्यवसायमा तत्काल फाइदा हुने छैन । अनावश्यक खर्च बढ्ने योग छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com