काठमाडौँ / बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ । बागमतीमा चल्ने यातायातको भाडादर पुनः बढेको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा बढेको सूचना जारी गरेको हो । ट्याक्सीको समेत भाडादर बढेको छ ।
अब सार्वजनिक सवारीसाधनमा ५ किलोमिटरसम्मको यात्रा गर्दा १९ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि १५ किमीसम्म भाडादर १८ रुपैयाँ थियो। यसैगरी, १० किलोमिटरसम्म २६ रुपैयाँ कायम गरिएको छ जुन पहिले २४ रुपैयाँ रहेको थियो । १५ किलोमिटरसम्मको २९ रूपैयाँबाट बढेर ३१ रुपैयाँ पुगेको हो ।
नयाँ भाडादर अनुसार २० किलोमिटरसम्म यातायात चढ्दा ३२ रूपैयाँबाट वृद्धि भएर ३५ रुपैयाँ तोकिएको छ । यस्तै, २० किलोमिटरभन्दा माथि ३७ रुपैयाँबाट वृद्धि हुँदा ४० रुपैयाँ पुगेको छ। ट्याक्सीको हकमा फ्याग डाउनको ५२ रुपैयाँ तोकिएको छ ।
कुन रूटमा कति ?