images
images

अग्रवाल सेवा समितिको अध्यक्षमा गिरीधारी अग्रवाल चयन

अग्रवाल सेवा समितिको अध्यक्षमा गिरीधारी अग्रवाल चयन

शुक्रवार, भदौ ८ २०८०
शुक्रवार, भदौ ८ २०८०
  • अग्रवाल सेवा समितिको अध्यक्षमा गिरीधारी अग्रवाल चयन

    काठमाडौँ/  अग्रवाल सेवा केन्द्रको १७ औँ वार्षिक साधारण सभाले गिरीधारी अग्रवालको  अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

    images
    images
    images
    images

    नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिल कुमार धानुका, सुबोध कुमार गाडिया र रमेश कुमार अग्रवाल चयन भएका छन् । 

    यस्तै मानार्थ उपाध्यक्षमा सुमित कुमार अग्रवाल र राम अवतार टाईवाला निर्वाचित भए । 

    १२ सदस्यीय पदाधिकारीको महासचिवमा पङ्कज जलान, कोशाध्यक्ष अरुण डोकानीयाँ र सचिवमा भरत कुमार सुद्रानिया एवं श्यामसुन्दर सुल्तानिया छन् । 

    यस्तै सहकोषाध्यक्ष ऋषि कुमार अग्रवाल चयन भएका छन् । 

    अग्रवाल सेवा समाजले सामाजिक र धार्मिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । 

    खास गरी प्राकृतिक विपतमा नागरिकको सेवामा लामो समय देखि काम गर्दै आएको नवनिर्वाचित महासचिव पङ्कज जलानले बताए । 

    समाजले भूकम्प प्रभावित जिल्लामा भवन निर्माणमा उल्लेख्य योगदान गरेको थियो । 

    निर्वतनमा अध्यक्ष राजेन्द्र खेतानले सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेर काम गर्नका लागि नवनिर्वाचित कार्यसमितिलाई शुभकामना  दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार