images
images

काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक, सबैभन्दा बढी कुन ठाउँमा भयो बर्षा ?

काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक, सबैभन्दा बढी कुन ठाउँमा भयो बर्षा ?

शनिवार, असोज १२ २०८१
शनिवार, असोज १२ २०८१
  • काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक, सबैभन्दा बढी कुन ठाउँमा भयो बर्षा ?

    काठमाडौँ / काठमाडौँ उपत्यकामा आज वर्षकै सर्वाधिक वर्षा भएको छ । आज बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images
    images

    महाशाखाका मौसमविद् रोजन लामिछानेले आज बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिए । 

    यो मापन सुरु भएयताकै सर्वाधिक वर्षा भएको उनले बताए। यसअघि सन् २००२ मा यहाँ १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । 

    मौसमविद् लामिछानेले काठमाडौँ उपत्यकामा यति ठूलो वर्षा अहिलेसम्म मापन नभएको प्रारम्भिक अध्ययनले देखाएको र विस्तृत अध्ययन गरी केही दिनमा विस्तृत अवस्था प्रतिवेदन सार्वजनिक गरिने पनि जानकारी दिए । 

    उपत्यकाका अन्य नौ मापन केन्द्रमा पनि धेरै वर्षा मापन भएको छ । ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००.५ मिलिमिटर वर्षा भएकामा आज शनिबार ३२३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । 

    आज साँझ भने जिरीमा ११२.४, जनकपुरमा १००, लुम्लेमा ११३.३, धरानमा १७७.६, धनकुटामा १७३, ओखलढुङ्गामा ११०१ काठमाडौँमा १९४, सिमरा १२० र भैरहवामा १९४.२ मिलिमिटर वर्षा भएको छ । 

    भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा आज साँझसम्म देशभरमा ६६ जनाको मृत्यु भएको छभने ७९ जना बेपत्ता भएका छन् ।

    काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । आज साँझबाट भने मौसममा केही सुधार आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार