images
images

पहिलो महिनामा छ देशमा पुग्यो नेपालको यार्सागुम्बा, सबैभन्दा धेरै हङकङमा र कम मलेसिया

पहिलो महिनामा छ देशमा पुग्यो नेपालको यार्सागुम्बा, सबैभन्दा धेरै हङकङमा र कम मलेसिया

आइतवार, भदौ १० २०८०
आइतवार, भदौ १० २०८०
  • images
    images
    पहिलो महिनामा छ देशमा पुग्यो नेपालको यार्सागुम्बा, सबैभन्दा धेरै हङकङमा र कम मलेसिया

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना साउनमा नेपालले विभिन्न छ बटा मूलुकहरूमा यार्सागुम्बा निर्यात गरेको छ । चालु आर्थिक बर्ष नेपालबाट विभिन्न मूलुकमा २३ करोड बढिको यार्सागुम्बा निर्यात भएको हो । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो महिना साउनमा २३ करोड २० लाख १३ हजार रुपैयाँ बराबरको ३ सय ७३ किलो यार्सागुम्बा नेपालबाट विभिन्न मूलुकमा निर्यात भएको हो । 

    तथ्याङ्क अनुसार गत आर्थिक बर्षको असार मसान्तसम्ममा ४४ करोड ३१ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको थियो । यस्तै गत आर्थिक बर्षको पहिलो महिना साउनमा १२ करोड ४७ लाख ७७ हजार रुपैयाँ बराबरको २ सय ३ किलो यार्सागुम्बा निर्यात भएको थियो । 

    गत आर्थिक बर्षको पहिलो महिनामो तुलनामा चालु आर्थिक बर्षको पहिलो महिनामा १० करोड ७२ लाख ३६ हजार रुपैया अर्थात १ सय ७० किलो बढि यार्सागुम्बा नेपालबाट अन्य मूलुकहरूमा निर्यात भएको छ । 

    विभागका अनुसार नेपालबाट यार्चागुम्बा मुख्य निर्यात हुने मुलुकमा कम्बोडिया, चीन, हङकङ,  मलेसिया, सिङ्गापुर, भियतनाम लगायतका राष्ट्र पर्छन् । 

    तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा सबैभन्दा धेरै यार्चागुम्बा हङकङमा निर्यात भएको छ भने सबेभन्दा कम मलेसियामा निर्यात भएको छ । 

    पहिलो १ महिनामा हङकङमा ११ करोड ३० लाख ९४ हजार रुपैयाँको १ सय ६८ किलो यार्चागुम्बा निर्यात भएको छ भने मलेसियामा ३ लाख ४७ हजार रुपैयाँको ३ किलो मात्रै यार्चागुम्बा निर्यात भएको छ ।  

    यता, कम्बोडियामा ८९ लाख ९७ हजार रुपैयाँ बराबरको ११ किलो यार्सागुम्बा निर्यात भएको छ । यस्तै, चीनमा ९ करोड ३१ लाख २१ हजार रुपैयाँ बराबरको १ सय ५२ किलो यार्सागुम्बा निर्यात भएको छ । 

    यस्तै, सिङ्गापुर र भियतनाममा क्रमशः ६३ लाख ८८ हजार रुपैयाँ बराबरको ७ किलो र ९४ लाख ६५ हजार रुपैयाँ बराबरको ३२ किलो यार्चागुम्बा निर्यात भएको छ । 

    गत बर्ष ४४ करोडको यार्सागुम्बा निर्यात

    विभागका अनुसार गत आवमा ४४ करोड ३१ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । नेपालको उच्च हिमाली क्षेत्रमा पाइने जडीबुटी यार्चागुम्बाको निर्यात गत बर्ष पछिल्ला पाँच वर्ष यताकै उच्च हो ।

    अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा ३० करोड ९२ लाख ३३ हजार रुपैयाँको यार्चागुम्बा निर्यात भएको थियो । त्यस्तै आर्थिक बर्ष २०७७/७८ मा रु १५ करोड ७६ लाख २५ हजारको, आर्थिक बर्ष २०७६/७७ मा रु २० करोड २२ लाख ३५ हजारको तथा आर्थिक बर्ष २०७५/७६मा रु १७ करोड ९४ लाख आठ हजारको यार्चागुम्बा निर्यात भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार