काठमाडौँ / नेपाली बजारमा तिन दिनदेख स्थिर रहेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार सात सय रुपैयाँमा कारोबार हुने भएको हुनेछ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। आज चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको थियो।