images
images

पहिलो महिनामा अमेरिकासँगको व्यापारमा नेपाललाई नाफा, कतिको भयो आयात–निर्यात ?

पहिलो महिनामा अमेरिकासँगको व्यापारमा नेपाललाई नाफा, कतिको भयो आयात–निर्यात ?

नेपालले वैदेशिक व्यापारको क्षेत्रमा अधिकांश देशहरूसंग घाटा व्यहोरेको भएपनि संसारकै ठूलो अर्थतन्त्र भएको मूलुक अमेरिकासंग भने नाफा कमाएको छ ।

मंगलवार, भदौ १२ २०८०
मंगलवार, भदौ १२ २०८०
  • images
    images
    पहिलो महिनामा अमेरिकासँगको व्यापारमा नेपाललाई नाफा, कतिको भयो आयात–निर्यात ?

    काठमाडौँ / नेपाल–अमेरिकाबीचको वैदेशिक व्यापारमा नेपाल चालु आर्थिक बर्षको पहिलो महिनामा नै नाफामा फर्किएको छ । नेपालले चालु आर्थिक बर्षको पहिलो महिनामा विभिन्न १०९ देशसंग व्यापार गरेको छ । जसमध्ये १७ देशसंग मात्रै नेपालले नाफा आर्जन गरेको छ । 

    images
    images

    वैदेशिक व्यापारको क्षेत्रमा अधिकांश देशहरूसंग नेपालले घाटा व्यहोरेको भएपनि संसारकै ठूलो अर्थतन्त्र भएको मूलुक  अमेरिकासंगको व्यापारमा भने नाफा कमाएको छ । आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना साउनमा नेपाललाई अमेरिकासंगको व्यापारमा ६८ करोड २९ लाख ३२ हजार रुपैयाँ नाफा भएको छ । पहिलो महिनामा नेपालमा १ अर्ब ९ करोड ३७ लाख ५३ हजार  रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ भने नेपालबाट १ अर्ब ७७ करोड ६६ लाख ८५ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

    यता अघिल्लो आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्ममा १४ करोड ६५ लाख २६ हजार रुपैयाँ मात्रै नाफामा रहेको थियो । गत आर्थिक बर्ष २०७९/८० को साउन महिनादेखि असार मसान्तसम्म (१ बर्षको समयावधी) को वैदेशिक व्यापार तथ्याङ्क अनुसार नेपालले अमेरिकासंग ५ बर्षपछि व्यापार नाफा गरेको थियो । यस्तै आर्थिक बर्ष २०७८/७९ को असार मसान्तसम्ममा नेपालललाई अमेरिकासँगको व्यापारमा ३२ अर्ब ५ करोड ८४ लाख ५९ हजार रुपैयाँ घाटा भएको थियो । 

    गत आर्थिक बर्ष (२०७९/८०) मा नेपालमा विभिन्न मूलुकहरूबाट १९ अर्ब ४२ करोड ४८ लाख ९६ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ भने नेपालबाट १९ अर्ब ५८ करोड १४ लाख २२ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ । त्यसै अघिल्लो आर्थिक बर्ष (२०७८/७९) मा ५० अर्ब ५ करोड ५ लाख १८ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात हुदा १७ अर्ब ९९ करोड २० लाख ५९ हजार रुपैयाँको निर्यात भएको तथ्याङ्कमा छ । तथ्याङ्कको अनुसार अमेरिका नेपालको निर्यात क्षेत्रमा भारतपछिको दास्रो ठूलो बजार हो भने आयातका क्षेत्रमा १० औँ स्थानमा रहेको छ । 

    नेपालबाट अमेरिकामा के–के निर्यात हुन्छ ? 

    चालुु आर्थिक बर्षको पहिलो १ महिनामा नेपालले अमेरिकामा चिया, कफी, बेसार, मैदा, रुदाक्ष लगायत वस्तुहरू निर्यात गरेको छ । मह, पास्ता, चिउरा, जुस, दालमेठ, नमकिन, छुर्पी (डग फुड), होमियोप्याथिक औषधी, वनस्पतिजन्य तेल, अगरबत्ती, हातेझोला, उनी फेल्टजन्य सामग्री, गहना, हस्तकला जन्य सामग्री तथा हातले बुनेको कागजजन्य सामग्री पनि नेपालबाट अमेरिकामा निर्यात भएको छ । 

    यस्तै, काष्ठकला, गलैँचा, गार्मेन्टअन्तर्गत ज्याकेट, टिर्सट तथा पाइन्ट र पन्जा, सेरामिक्स बटन, सेनिटरी प्याड लगायतका वस्तुहरूले नेपालबाट अमेरिकामा निर्यात भएको छ । चालु आर्थिक बर्षको साउन महनिामा नेपालबाट अमेरिकामा १३ लाख ९२ हजार रुपैयाँ बराबरको १ हजार ३ सय ७ किलो कफि तथा चिया निर्यात भएको छ । यस्तै, उक्त समयमा ८४ लाख ५१ हजार रुपैयाँ बराबरको १ लाख ८ हजार ९ सय ६० किलो गहुँको पिठो, ४ लाख २ हजार रुपैयाँ बराबरको ९ सय ३९ किलो प्लेटिङका लागि तरकारी सामग्री (बाँस  टानहरूबाहेक), १ लाख रुपैयाँ बराबरको ५ किलो रुद्राक्ष र ५ लाख ५४ हजार रुपैयाँ बराबरको ८२ किलो प्राकृतिक मह अमेरिकामा निर्यात भएको छ । 

    त्यसैगरी १ करोड ३२ लाख ४८ हजार रुपैयाँ बराबरको ४० हजार ६ सय ११ किलो पास्ता, १५ लाख ४५ हजार रुपैयाँ बराबरको १० हजार ७८ किलो चिउरा, ७ लाख ६७ हजार रुपैयाँ बराबरको ४ हजार ७ सय ४ लिटर जुस, १४ हजार रुपैयाँ बराबरको २३ किलो दलमोथ, नमकीन, भुजिया र चमेना (टिबिट), ३४ करोड ३० लाख ९२ हजार रुपैयाँ बराबरको १ लाख ७३ हजार ९ सय ९७ किलो कुकुर वा बिरालो खाना, ५ हजार रुपैयाँ बराबरको २ किलो होमियोप्याथिक औषधि, ५३ हजार रुपैयाँ बराबरको ८ किलो पेनिसिलिन वा स्ट्रेप्टोमाइसिनको औषधि, १६ हजार रुपैयाँ बराबरको ४ किलो अन्य एन्टिबायोटिक औषधिहरू निर्यात भएको छ । 

    १० लाख ८२ हजार रुपैयाँ बराबरको १ हजार ५६ किलो अगरबत्ती, १ करोड ७८ लाख २७ हजार रुपैयाँ बराबरको ४५ हजार ३ सय ७७ पिस ह्यान्डब्याग, ८५ लाख १८ हजार रुपैयाँ बराबरको १२ हजार ११ पिस केस र कन्टेनर, ७९ लाख २७ हजार रुपैयाँ बराबरको १२ हजार ६ सय ३२ पिस अन्य झोलाहरू, ३ लाख ५७ हजार रुपैयाँ बराबरको २ सय ५५ किलो काठबाट बनेको लुगाका ह्याङ्गर, ७२ लाख ७४ हजार रुपैयाँ बराबरको २ हजार ४२ किलो हातले बनाएको कागज र पेपरबोर्ड, ५५ करोड ७१ लाख २१ हजार रुपैयाँ बराबरको १५ हजार ६ सय ६९ वर्ग मिटर गलैंचा, २ लाख ८० हजारको ६ सय ३० पिस महिला तथा परुषहरूको लागि कपासको कपडा र ३३ लाख ५ हजार रुपैयाँको ४ सय ७७ किलो मूर्ति अमेरिका निर्यात भएको छ । 

    अमेरिकासंगको वेदेशिक व्यापार (रु. हजारमा)

    1.JPG

    अमेरिकाबाट नेपालमा के–के आउछ ? 

    मुख्यतयाः अमेरिकाबाट नेपालतर्फ कृषिजन्य र प्रविधिजन्य वस्तु तथा सामानहरूको आयात हुने गरेको छ । अमेरिकाबाट नेपालले १ महिनामा रुएभोकार्डो, सखरखण्ड, भटमास, कफी, तरकारीको बीउहरू, चुइङ्गम, चक्लेट, तोरि, फुड सप्लिमेन्ट, ह्विस्कीको कच्चा पदार्थ जस्ता वस्तु आयात गरेको छ । 

    यस्तै, फर्नेस आयाल, बेस आयाल, लुब्रिकेन्ट आयाल, खाद्य तथा मेसिनरी कच्चा पदार्थ, भ्याक्सिन, कस्मेटिक सामाग्रीहरू, स्याम्पु, परफ्युम, साबुन, मेडिकल इक्युपमेन्ट लगायतका वस्तु तथा सामानहरू पनि आयात गरेको छ । 

    चालु आर्थिक बर्षको पहिलो महिना साउनमा अमेरिकाबाट ६ करोड ८१ लाख ६२ हजार रुपैयाँ बराबरका ९९ हजार ७९१ किलोग्राम बदाम नेपाल भित्रिएको छ । जसबाट नेपालले ३ करोड ९ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

    यस्तै, १३ करोड ९३ लाख ७० हजार रुपैयाँ बराबरको १५ लाख२ हजार ५२३ किलोग्राम सोयाबिन नेपाल भित्रिएको छ । यस्तै, साउनमा ६९लाख ४ हजार ३०० किलोग्रोम बन्दाकोभिको बिउ आयात भएको छ भने, ६३ हजार रुपैयाँको ७३ किलो चकलेट आयात भएको छ । 

    यस्तै, अमेरिकाबाट ३२ लाख ९९ हजार रुपैयाँको तोरि आयात हुदाँ १ लाख २९ हजार रुपैयाँ को दालमोट आयात भएको छ । यता, १ लाख ४३ हजार रुपैयाँ बराबरको खाद्य पुरकहरू आयात हुदाँ १ लाख ३५ हजार रुपैयाँ बराबरको अन्य तयारी खाद्य प्रदार्थहरू आयात भएको छ । 

    नेपालले चालु आर्थिक बर्षको पहिलो महिनामा अमेरिकाबाट १ करोड ६३ लाख ९८ हजार रुपैयाँ बराबरको १० हजार १७० लिटर व्हिस्की आयात गरेको छ । त्यसैगरी ८८ लाख ५४ हजारको फर्नेस तेल, ४२ लाख ३८ हजार रुपैयाँको मोबाइल बनाउन प्रयोग हुने बेस आयल, २५ लाख ३६ हजार रुपैयाँको स्रेनह तेल आयात भएको छ । 

    यता अमेरिकाबाट ४७ लाख बराबरको पशुहरूको लाखगि खोप भित्रिदा डायग्रोस्टिक किट १ करोड २१ लाख ३२ हजार रुपैयाँको भित्रिएको छ । यस्तै, १ करोड ७८ लाख २५ हजार रुपैयाँ बराबरको श्रिंगारको साम्रगी भित्रिदा २ करोड ५६ लाख ७३ हजार रुपैयाँ एक्स–रेको लागि फोटोग्राफिक प्लेटहरू, ९६ करोड ३६ लाख बराबरको एयरक्रफ्ट इन्जिन आयात भएको छ । 

    गत आर्थिक बर्ष २०७९/८० मा अमेरिका निर्यातबाट सर्वाधिक रकम भित्र्याउन १६ वस्तुहरूः

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार