काठमाडौँ / आज (शुक्रबार)देखि पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढेको छ । नेपाल आयल निगमद्वारा बिहीबार विज्ञप्ति अनुसार पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँले बढेको हो ।
निगमले बढाएको मूल्य आजदेखि लागू हुनेछ । इण्डियन आयल कर्पोरेशनले बिहीबार पठाएको सूची अनुसार मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रति लिटर ३.१७ र २.४८ तथा एलपि ग्यासको मूल्यमा प्रति सिलिण्डर १८६.४५ ले वृद्धि भएर आएको छ ।