काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँले घटेको हो।
अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, महासङ्घको अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख १२ हजार दुई सय ५० रुपैयाँ थियो । हिजो बिहीबार भने सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले १ हजार २७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।