चर्चित समाचार
  • आरजु राणाको सुझाव:  बाँदर नियन्त्रण गर्न ‘परिवार नियोजन’...!

    आरजु राणाको सुझाव:  बाँदर नियन्त्रण गर्न ‘परिवार नियोजन’...!

    आइतवार, भदौ १७ २०८०
    आइतवार, भदौ १७ २०८०
  • आरजु राणाको सुझाव:  बाँदर नियन्त्रण गर्न ‘परिवार नियोजन’...!

    काठमाडौँ / कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु  राणा देउवाले किसानहरुलाई बाँदरबाट छुटकारा दिन आबश्यक रहेको बताएकी छन् । 

    परिवार नियोजन गर्नुपर्ने धारणा राख्दै  बाँदरको संख्या घटाउन सकिने सुझाव दिएकी छन् । 

    वा यस्तै अन्य कुनै बाँदर नियन्त्रणका लागि नयाँ उपायको खोजी गर्नुपर्ने बताएकी छन् ।

    सिंहदरबारमा आइतबार बसेको समितिको बैठकमा उनले यस्तो धारणा दिएकी हुन् । 
    सांसदहरुले बाँदर तथा बँदेलले अन्नबालीमा क्षति पुर्याएका कारण उत्पादन घटेको, किसान भोकमरीको सिकार हुने अवस्था रहेको बारे जानकारी गराएको थियो । 

    क्षतिपूर्ति दिलाउन समिति लाग्नुपर्ने  सांसदहरुको माग छ । 


    मानिस र जनावरको द्धन्द्धमा के चाहीँ गरिराछ ? संरक्षण गर्नु राम्रो हो, तर, मानिसलाई फाइदा पुग्ने गरी संरक्षण गर्नुपर्ने बताइन् । 

    कलिङको एउटा प्रिन्सिपल हामीले ल्याउनुपर्यो । किनभने बँदेल त खान्छ नी मान्छेले, बाँदर त खाँदैन, सभापति राणाले अगाडि भनिन् ।  बाँदरलाई त फ्यामेली प्लानिङ गरे हुने रहेछ उनले भनिन्, ‘भारतको हिमाञ्चल प्रदेशमा त त्यही गरेको छ ।’  

    भारतको हिमाञ्चलमा पनि हाम्रोमा जस्तै समस्या थियो रे, परिवार नियोजन गरेर दुई तिन बर्षमा नियन्त्रण भएछ, उनले बताईन्, ‘त्यसकारण हामीले वन्यजन्तु विभागलाई केही चाँही गरेर ल्याउ भन्नुपर्यो ।’

    बँदेलले एकपटकमा १२ वटा सम्म बच्चा पाउने गर्दछ । अहिले गाउँ क्षेत्रका जंगलहरुमा बँदेलको संख्या बढेका कारण किसानको बाली नष्ट गर्ने गरेको छ । 
    यस्तै बाँदरको संख्या बढ्दै जाँदा गाउँका खेतीबाली नष्ट गरेर किसान हैरानीमा छन् । 

    अष्ट्रेलियामा खरायो र श्रीलंकामा बाँदर नियन्त्रण गरेको शैलीमा नेपालमा पनि बाँदर बँदेल नियन्त्रण गर्नुपर्ने सांसदहरुले जोड दिए ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार