काठमाडौँ / ओरियण्टल होटल्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाखको ५ दशलमव २६३२ प्रतिशतले हुन आउने ५ करोड ९३ लाख ७३ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले उक्त प्रस्ताव पारित गर्नकका लागि असोज २५ गते साधारण सभा आयोजना गर्ने जनाएको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाव एवं सोही अवधीको नगद प्रवाह विवरण, लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले लेखापरिक्षण समितिको सिफारिश अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।
कम्पनीले साधारण दसभा प्रयोजनको लागि असोज १२ गतेदेखि असोज २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ११ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन पाउने छन् ।