images
images

आज दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ३४ करोड बढीको कारोबार, कसले कति कमाए ?

आज दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ३४ करोड बढीको कारोबार, कसले कति कमाए ?

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • आज दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ३४ करोड बढीको कारोबार, कसले कति कमाए ?

    काठमाडौँ / सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

    images
    images
    images
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार यसदिन नेप्से २७.४१ अंक अर्थात १.०४ प्रतिशतले बढेर २६४५.३६ विन्दुमा बन्द भएको हो । 

    सोमबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज पाँच अर्ब ३४ करोडको कारोबार भएको छ।

    गत कारोबार दिन अर्थात् आइतबार चार अर्ब ७३ करोडको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६१ करोड रूपैयाँ वृद्धि भएको हो।

    आज ३०७ वटा धितोपत्रको एक करोड चार लाख १८ हजार ९२६ कित्ता सेयर किनबेच भएको हो।

    सोमबार २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ वटाको घटेको छ। यस्तै, दुई कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

    यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशतले बढेको छ भने दोस्रोमा जीवन बीमा समूहको परिसूचक १.८४ प्रतिशतले बढेको छ।

    दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट 

    यस दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जानकी फाइनान्स र दोल्ती पावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। 

    उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ७७५ रूपैयाँ ८० पैसा र ६१२ रूपैयाँ ८० पैसा कायम भएको छ।

    पिपुल्स हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक घट्यो

    पिपुल्स हाइड्रोपावरको मूल्य सर्वाधिक ६.०२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५१५ रूपैयाँमा झरेको छ।

    कालिन्चोक दर्शनको मूल्य ४.३५ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य एक हजार ७५ रूपैयाँ १० पैसा कायम भएको छ।

    नेपाल फाइनान्सको सर्वाधिक कारोबार

    सोमबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता मूल्य एक हजार चार सय रूपैयाँमा ३३ करोड ७९ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५० प्रतिशत घटेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा समृद्धि फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७८९ रूपैयाँ ७० पैसामा २४ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार