images
images

दुई दिन पनि टिकेन सेयर बजारको रौनक, नेप्सेसँगै घट्यो करोबार रकम पनि

दुई दिन पनि टिकेन सेयर बजारको रौनक, नेप्सेसँगै घट्यो करोबार रकम पनि

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • दुई दिन पनि टिकेन सेयर बजारको रौनक, नेप्सेसँगै घट्यो करोबार रकम पनि
    images
    images

    काठमाडौँ / दुई दिन उत्साहजनक रूपमा बढेको सेयर बजार आज भने ओरालो लागेको छ । बजार बढेसँगै नाफा बुक गर्नेहरू हाबी हुँदा आज नेप्से परिसूचक १४.४३ अङ्कले आरालो लागेको हो । 

    नेप्से घटेसँगै आज कारोबार रकम पनि ५ अर्बमा सीमित भएको छ । मङ्गलबार ६ अर्ब बढीको कारोबार भएको बजारमा बुधबार भने ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार रुपैयाँको कारोबार भएको हो । 

    यो दिन नेप्से परिसूचक ०.५३ प्रतिशतले घटेर २ हजार ६७७.६२ बिन्दुमा झरेको नेप्सेले जनाएको छ । आज ३०५ धितोपत्रको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर ५९ हजार ६९८ पटकमा खरिद बिक्री भएको छ । 

    बुधबार सेन्सेटिभ इन्डेक्स २.४६ अङ्कले घटेर ४७८.८२ बिन्दुमा झरेको छ भने फ्लट इन्डेक्स १.१३ अङ्कले घटेर १८४.५९ बिन्दुमा झरेको छ ।

    नेप्से घटेसँगै आज बजार पुँजीकरण रकम पनि ४२ अर्ब ६० अर्ब रुपैयाँमा सीमित भएको छ ।

    बुधबार कारोबारमा आएका १३ ओटा समूहमध्ये तीन ओटाको परिसूचक मात्रै बढेको छ । जसमध्येमा होटल्स तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी २.५२ प्रतिशतले बढेको हो । 

    त्यस्तै, निर्जीबन बिमा समूहको परिसूचक ०.४९ प्रतिशत र व्यापार समूहको परिसूचक ०.३२ प्रतिशतले बढेको छ । 

    यता, लगानी समूहको परिसूचक भने सबैभन्दा बढी १.४१ प्रतिशतले घटेको छ भने वित्त समूहको परिसूचक पनि १.०१ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमाको परिसूचक ०.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.९६ प्रतिशत, अन्य समूहको ०.७४ प्रतिशत, बैंकिङ उपसमूह र म्यचुअफ फण्ड समूहको परिसूचक ०.७२ प्रतिशतले घटेको छ । 

    यो दिन दुई ओटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ भने चार ओटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । 

    गुरासँ लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा आज पोजेटिभ सर्किट लागेको हो भने उपर स्याङ्गे हाइड्रोपावर, कुथेली बुखारी स्मल हाइड्रोपावर, सानिमा जिआइसी इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । 

    बुधबार जानकी फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ४.९० प्रतिशतले घटेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को सेयर मूल्य पनि ४.८० प्रतिशतले घटेको छ ।

    बुधबारको कारोबार रकममा सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हिस्सा सर्वाधिक बढी देखिएको छ । यो कम्पनीको आज ३४ करोड १७ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । 

    यसैगरी, सानिमा जिआइसी इन्स्योरेन्सको २६ करोड ५ लाख ५१ हजार रुपैयाँ र सोल्टी होटलको २० करोड ९८ लाख २६ हजार बराबरको कारोबार भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार