images
images

अर्थमन्त्रीले भने- निजी क्षेत्रले पनि सकारात्मक भाइभ फैलाउनुपर्यो, कुप्रचार गरेर फाइदा छैन

अर्थमन्त्रीले भने- निजी क्षेत्रले पनि सकारात्मक भाइभ फैलाउनुपर्यो, कुप्रचार गरेर फाइदा छैन

बिहिवार, असोज ४ २०८०
बिहिवार, असोज ४ २०८०
  • images
    images
    अर्थमन्त्रीले भने- निजी क्षेत्रले पनि सकारात्मक भाइभ फैलाउनुपर्यो, कुप्रचार गरेर फाइदा छैन

    काठमाडौं / अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बद्ल्न निक्षेप तथा कर्जा सुरक्षा कोर्षले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । 

    images
    images

    कोर्षको ५० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।  यसै प्रसंगमा निजी क्षेत्रले पनि सकारात्मक भाइभ फैलाउनु पर्ने बताए । सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन् घटिसकेका छन् । नकारात्मक कुराको प्रवाह मात्रै गरेर नहुने उनले बताए । 
    अर्थतन्त्र सहज बन्दै गरेको संकेत गर्दै अर्थमन्त्री डा. महतले भने, ‘पर्यटक आगमन बढिरहेको छ । विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको छ ।’

     अर्थतन्त्रमा रिर्सोस आइरहेको छ, तर चलायमान भएको छैन’ उनले भने,  ‘हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको कारण यस्तो भएको हुन सक्ने उनको तर्क थियो । 

    खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठीक समय होइन, लगानी नगरौं । बैंकहरुले लगानी नगरुन, पैसा थुपारुन, राखून भन्ने जुन नकरात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ ।’

    अब अर्थतन्त्रमा रिर्सोस छ, यो चलायमान हुँदा आर्थिक गतिविधि बढ्छ, मन्त्री डा. महतले भने, ‘आर्थिक गतिविधि बढ्दा रोजगारी पनि बढ्छ । राजश्वमा परेको दबाब अन्त्य हुन्छ । राजश्वमा दबाब कम भयो भने अपेक्षा अनुसारको लगानी बढ्छ ।’

     


    अर्थतन्त्रमा समस्या छन्, तर ती समस्या विस्तारै कम हुँदै गएको उनको भनाइ थियो । कार्यक्रममा मन्त्री डा. महतले भने, ‘समस्या सम्बोधनका लागि सरकारले फेसिलेट गर्ने काममा कमी हुन दिने छैन । 


    ४ करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ । करिब १७ लाख ऋणीलाई कोर्षले सुरक्षा दिइरहेको मन्त्री डा. महतले बताए ।  उनले भने, ‘यसको पहुँच विस्तार भइरहेको छ । 

    साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ । लघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दुरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको छ ।’

    ‘सरकारले विभिन्न समयमा ल्याएको कृषि अगुवा सुचना, वैदेशिक रोजगार, स्टार्टअप रोजगार जस्ता कार्यक्रमलाई यसले सेवा विस्तार गरेको छ’ मन्त्री डा. महतले भने, ‘जब हामी लगानी गछौं, अवश्य पनि जोखिमपूर्ण हुन्छ ।

     त्यो जोखिमलाई न्यून गर्ने विभिन्न तरिका त्यसमा कर्जा सुरक्षा कोषको भूमिका महत्वपूर्ण हुन्छ । साना उद्यमी व्यवसायीको जोखिम जति न्यून गर्न सकियो, त्यत्ति धेरै अर्थतन्त्र चलायमान हुन्छ, रोजगारी सिर्जना गर्छ ।’

    मन्त्री डा. महतले भने, ‘साना साना कर्जा प्रवाह हुन्छ, साना साना उद्योग स्थापना हुन्छ । त्यसले ज्यादा रोजगारी सिर्जना हुन्छ । साना धेरै छरिएर रहेका व्यवसायले धेरै रोजगारी सिर्जना गर्छ । यो रोजगारी आम सर्वसाधारणले प्राप्त गर्छन् ।’

    ‘यो परिवर्तनको समय हो, प्रविधिको नयाँ नयाँ विकास भइरहेको छ । डिजिटल एकाउन्टिङको हामीले कुरा गरिरहेका छौं । आईटीमा जुन क्रान्ति आएको छ, त्यसले ट्रानजेक्सनको कस्ट घटाएको छ’ मन्त्री डा. महतले भने, ‘यसलाई हामीले ग्रहण गर्न जरुरी छ । कर्जा सुरक्षा कोषले यो काममा अग्रणी भूमिका खेल्ने छ । 

    यसले उच्च व्यवसायिकताका आधारमा काम गर्छ भन्ने सरकारले विश्वास लिएको छ । यसको सेवा विस्तार हुनुपर्यो ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार