images
images

दशैँको टीकाको शुभसाइत सार्वजनिक, घटास्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको साइत हेर्नुस्

दशैँको टीकाको शुभसाइत सार्वजनिक, घटास्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको साइत हेर्नुस्

मंगलवार, असोज १६ २०८०
मंगलवार, असोज १६ २०८०
  • दशैँको टीकाको शुभसाइत सार्वजनिक, घटास्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको साइत हेर्नुस्

    काठमाडौँ / यस बर्ष दशैँको टीको शुभसाइत बिहान ११ः२ बजे जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दशैँको टिका कार्तिक ७ गते आइबार बिहान ११.२ बजे टिकाको साइत जुरेको हो ।घटस्थापनाको साइत रहेको असोज २८ गते बिहान ११ः२९ बजे जुरेको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११.२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

    images
    images

    असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०.१९ बजे रहेको समितिले जनाएको छ । पश्चिम मोहडा फर्केर झण्डा फेर्नुपर्ने समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कात्तिक २ गते बिहीबार पचली भैरव यात्रा गरिन्छ भने कात्तिक ४ गते शनिबार फूलपाती परेको छ । 

    यो दिन तुलजाभवानीलाई यात्रा गराइन्छ । तुलजाभवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइने समितिले जनाएको छ ।  तुलजाभवानी यात्राको साइत बिहान ८ः२४ बजे रहेको छ । तुलजाभवानीलाई बिहान ९ः३५ बजे स्थिरासन गराइन्छ । कात्तिक ५ गते आइतबार महाअष्टमी परेको छ भने महाअष्टमीकै दिन कालरात्रि रहेको छ । 

    कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ भने कार्तिक ७ गते विजयादशमी परेको छ ।  घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई यो दिन बिहान १०ः३७ बजे विसर्जन गरिने साइत छ ।

    विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः२ बजे साइत शुभ रहेको छ । विजयदशमीको टीका लगाउने व्यक्ति पश्चिम मोहडा र लगाइदिने  व्यक्ति पूर्व मोहडा फर्किनुपर्ने समितिले जनाएको छ । दशमीदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

    विजयादशमीका दिन बिहान ९ः२ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान १०ः३ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ भने सोही रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

    Notice.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार