काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बुधवार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
आज नेप्सेमा कम्पनीको ५८ लाख १० हजार ४३७ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
कम्पनीले असार १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।