images
images

एउटै गाउँमा दूधबाट वार्षिक दुई करोड आम्दानी, एउटै किसानले बेच्छन् ३५ लिटरसम्म दूध

एउटै गाउँमा दूधबाट वार्षिक दुई करोड आम्दानी, एउटै किसानले बेच्छन् ३५ लिटरसम्म दूध

शनिवार, असोज २० २०८०
शनिवार, असोज २० २०८०
  • एउटै गाउँमा दूधबाट वार्षिक दुई करोड आम्दानी, एउटै किसानले बेच्छन् ३५ लिटरसम्म दूध
    images
    images

    चौतारा / सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४  विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा रु दुई करोडभन्दा बढी आम्दानी गरेका छन् । गाउँमै सञ्चालनमा गरेको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेचेर ती कृषकले उक्त आम्दानी गरेका हुन् ।

    कृषक डिल्लीराम नेपाल एक वर्षमा १३ हजार नौ सय ७९ लिटर दूध बेचेर रु आठ लाख २३ हजार छ सय आम्दानी गरेको बताउँछन् । चारवटा गाई पालेका उनले दैनिक ३० देखि ३५ लिटरसम्म दूध बेच्ने गर्छन् ।  नेपाल संस्थाका सदस्यमध्ये सबैभन्दा बढी दूध बेच्ने कृषक हुन् । 

    अर्का कृषक ताराप्रसाद नेपालले पनि ११ हजार चार सय ५४ लिटर दूध बेचेर रु छ लाख ८२ हजार एक सय ९९ आम्दानी गरेका छन् । त्यसैगरी तोयानाथ नेपालले ११ हजार लिटर दूध बेचेर रु छ लाख ३३ हजार तीन सय र रवीन्द्र नेपालले तीन हजार तीन सय २४ लिटर दूध बेचेर रु छ लाख २१ हजार दुई सय कमाउन सफल भएका छन् ।

    मिहेनत गर्ने हो भने घरमै बसेर मनग्य आम्दानी गर्न सकिने उदाहरण बित्तजेलका कृषकले  देखाएका छन् । घरमै बसेर खेतीपती र वस्तुभाउ दुवै पेसासँगै लगेर लखपति बन्न सकेकोमा कृषक तोयानाथ खुसी छन् । उनीजस्तै दुई सय ८० कृषकले नियमितरुपमा दूध बेच्दै आइरहेका छन् ।

    उक्त संस्थाले गत आवमा मात्रै चार लाख ७७ हजार सात सय ७९ लिटर दूध सङ्कलन तथा बिक्री गरेको व्यवस्थापक द्वारिका नेपाल जानकारी दिन्छन् । दूध बिक्रीबाट मात्रै संस्थाले एक वर्षमा रु दुई करोड एक लाख दस हजार आम्दानी गरेको छ ।  

    उक्त संस्थाले एक वर्षमा रु सात करोड ५१ लाख २८ हजार पाँच सय २२ को कारोबार गर्नाका साथै दूध बिक्री, ढुटो पिना खरिद तथा बिक्री र रासायनिक मल खरिद तथा बिक्रीको कारोबार पनि गर्दै आएको छ । संस्थाको शेयर सदस्य भने चार सय ३६ छन् । सबै सदस्य बचत कार्यक्रममा नियमित सहभागी रहँदै आएको संस्थाका सचिव मायानाथ नेपाल बताउँछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार