images
images

आगामी कुन कुन प्रदेशमा छ बर्षाको सम्भावना ? यस्तो छ मौसमविद्को पूर्वानुमान

आगामी कुन कुन प्रदेशमा छ बर्षाको सम्भावना ? यस्तो छ मौसमविद्को पूर्वानुमान

बिहिवार, असोज २५ २०८०
बिहिवार, असोज २५ २०८०
  • images
    images
    आगामी कुन कुन प्रदेशमा छ बर्षाको सम्भावना ? यस्तो छ मौसमविद्को पूर्वानुमान

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

    images
    images

    बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    शुक्रबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ।

    शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ।

    बर्षा हुने क्षेत्रहरूमा वर्षाका कारण हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार