images
images

इजिप्टका राष्ट्रपति र ओमानी सुल्तानबीच प्यालेस्टाइन–इजरायल तनावबारे छलफल

इजिप्टका राष्ट्रपति र ओमानी सुल्तानबीच प्यालेस्टाइन–इजरायल तनावबारे छलफल

बिहिवार, असोज २५ २०८०
बिहिवार, असोज २५ २०८०
  • इजिप्टका राष्ट्रपति र ओमानी सुल्तानबीच प्यालेस्टाइन–इजरायल तनावबारे छलफल

    कायरो / इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र ओमानका सुल्तान हैथम बिन तारिक अल सैदबीच प्यालेस्टाइन र इजरायलीबीच जारी तनावको घटनाक्रमबारे बुधबार छलफल भएको इजिप्टको राष्ट्रपतिको कार्यालयद्वारा जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    images
    images

    फोनवार्तामा दुवै नेताले क्षेत्रीय सुरक्षा र स्थिरतामा जारी तनाव र द्वन्द्वका कारण मानवीय पीडामा परेको गम्भीर असरबारे छलफल गरेका थिए । वक्तव्यमा भनिएको छ, “दुवै नेताले पार्टीहरूलाई शान्त हुन र हिंसा कम गर्न आग्रह गर्न एकताबद्ध प्रयासको महत्वमा सहमति जनाउनु भएको छ ।”

    “यस क्षेत्रका सबै जनताका लागि सुरक्षा र स्थिरता हासिल गर्ने गरी दुई–राज्य समाधानमा आधारित प्यालेस्टिनी मुद्दाको न्यायोचित, व्यापक र स्थायी समाधानमा पुग्न प्रयासहरू अगाडि बढाउनुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।

    प्यालेस्टिनी र इजरायलको पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार इजरायली सेनाले गरेको कारबाहीमा एक हजार ७८ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने हमासले शनिबार द्वन्द्व सुरु भएयता एक हजार २०० भन्दा बढी इजरायलीको हत्या गरिसकेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार