images
images

देशको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव, पहाडी भूभागमा बर्षाको सम्भावना

देशको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव, पहाडी भूभागमा बर्षाको सम्भावना

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • images
    images
    देशको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव, पहाडी भूभागमा बर्षाको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतयाः सफा रहेको छ।

    images
    images

    आइतबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतयाः सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    मङ्गलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    वर्षाका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार