काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।
निगमले अझै सरकारले उपलब्ध गराएको ऋण, मूल्य स्थिरीकरण कोषको रकम तथा अन्य दायित्वहरूको भुक्तानी अझै बाँकी रहेको जनाएको छ ।
हेर्नुस् सूचना