images
images

भोलिदेखि खसी–बोका र च्याङ्ग्रा बेच्दै खाद्य, प्रतिकिलो कति पर्ला ?

भोलिदेखि खसी–बोका र च्याङ्ग्रा बेच्दै खाद्य, प्रतिकिलो कति पर्ला ?

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • images
    images
    भोलिदेखि खसी–बोका र च्याङ्ग्रा बेच्दै खाद्य, प्रतिकिलो कति पर्ला ?

    काठमाडौँ / दशैँ शुरु भएसँगै खसीबोका र च्याङ्ग्राको व्यापार सुरु भएको छ । व्यापारी र किसानले खसी बोका र च्याङ्ग्राको बिक्री सुरु गरिसकेको छ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि भोलि मङ्गलबारदेखि बिक्री सुरु गर्ने भएको छ । 

    images
    images

    खाद्यले काठमाडौँ ल्याइएका खसी, बोका र च्याङ्ग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बाग्मती प्रदेशिक कार्यालय थापाथलीबाट बिक्री गर्ने तयारी गरेको छ । सरकारले खाद्यबाट खरिद गरेर बिक्री गरिने खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरिसकेको छ । कम्पनीले यस वर्ष २ हजार खसी, बोका र एक हजार च्याङ्ग्रा काठमाण्डौ ल्याएर बेच्ने तयारी गरेको छ । 

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतमा बिक्री गर्ने जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकिएको छ । यस्तै, जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ६० रुपैयाँ प्रतिकिलो कायम रहेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने जानकारी दिइन् ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार