काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको संख्या ११२ कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले आज मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को दुई महिनामा अर्थात भदौँ मसान्तसम्ममा ११२ कायम रहेको जनाएका हो ।
यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या असार मसान्तमा ११ हजार ५८९ रहेकोमा भदौ मसान्तमा ११ हजार ५६७ कायम भएको छ ।