काठमाडौँ / विशिष्ट श्रेणीको सरकारी कर्मचारीले मासिक १२५ लिटरसम्म इन्धन सुविधा पाउने भएका छन् । सरकारले कर्मचारीलाई इन्धन सुविधा दिन जारी गरेको निर्देशिका अनुसार कर्मचारीहरूले यस्तो सुविधा पाउने भएका हुन् ।
अर्थमन्त्रालयद्वारा जारी निर्देशिका अनुसार अब सरकारका विशिष्ट श्रेणिका कर्मचारी मासिक १२५ लिटर इन्धन पाउनेछन् । यस्तै प्रथम श्रेणिका कर्मचारीले मासिक १०० लिटर इन्धन पाउनेछन् । तेलका साथै कर्मचारीले तीन महिनामा मोबिल/ब्रेक आयललगायतको सुबिधाको व्यवस्था गरिएको छ ।
यसबाहेक विद्युतीय साधन प्रयोग गर्ने कर्मचारीलाई समेत इन्धन सुविधा दिने व्यवस्था छ । उनीहरूलाई इन्धनको आधा सुविधा दिइने व्यवस्था छ ।
हेर्नुस् निर्देशिका