images
images

दसैँमा मौसम कस्तो रहला ? यस्तो छ मौसमविद्को पूर्वानुमान

दसैँमा मौसम कस्तो रहला ? यस्तो छ मौसमविद्को पूर्वानुमान

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • images
    images
    दसैँमा मौसम कस्तो रहला ? यस्तो छ मौसमविद्को पूर्वानुमान

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने छ । महाशाखाका मौसमविद रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए ।

    images
    images

    देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ”, उनले भने  । महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद लामिछानेले बताउनुभयो । 

    हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार