images
images

प्रतिनिधिसभा बैठक बस्दै, बैङ्किङ कसुर र भन्सारसम्बन्धी विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभा बैठक बस्दै, बैङ्किङ कसुर र भन्सारसम्बन्धी विधेयक प्रस्तुत हुने

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • प्रतिनिधिसभा बैठक बस्दै, बैङ्किङ कसुर र भन्सारसम्बन्धी विधेयक प्रस्तुत हुने

    काठमाडौँ / प्रतिनिधिसभाको बैठकमा आज बैङ्किङ कसुर तथा सजाय र भन्सार विधेयकसम्बन्धी विधेयक प्रस्तुत गरिने भएको छ ।

    images
    images

    सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अर्थमन्त्री  प्रकाश शरण महतले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् भने परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको  छ ।

    त्यस्तै, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    Notice.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार