images
images

भारतमा रेल दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु, ५० घाइते, कसरी भएको थियो दुर्घटना ?

भारतमा रेल दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु, ५० घाइते, कसरी भएको थियो दुर्घटना ?

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • भारतमा रेल दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु, ५० घाइते, कसरी भएको थियो दुर्घटना ?
    images
    images

    भारतको आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा आइतबार साँझ दुईवटा रेल एक आपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा ९ यात्रुको मृत्यु भएको थियो । सोमबार बिहान मृत्यु हुनेको संख्या १३ पुगेको छ । दुर्घटनामा ५० यात्रु घाइते भएका छन् । भिजियानगरमको अलामान्डा-कानकटपल्लीको बीचमा रेलहरू एकआपसमा ठोक्किएको थियो । 

    मानवीय त्रुटिका कारण दुर्घटना भएको पूर्वी तटीय रेलवेका सीपीआरओ विश्वजित साहुले बताए । विशाखापट्टनम-रायगडा यात्रुवाहक रेलका चालकले सिग्नल मिचेर चलिरहेको विशाखापट्टनम–पलासा यात्रुवाहक रेलसँग ठोक्किएका हो । दुई रेल ठोक्किँदा दुवै रेलका पाँचवटा डिब्बा पटरीबाट खसेका थिए। जसमध्ये ३ वटा डिब्बा अगाडिको रेलका र २ वटा पछिको रेलका थिए।

    रेलवे सीपीआरओका अनुसार रातो सिग्नलमा रोकिनुको सट्टा रेल अगाडि बढ्दा सिग्नल ओभरशुट भएको हो । दुर्घटनापछि, उक्त रटमा चलने ३३ रेलको यात्रा रद्ध गरिएको छ । ११ ओटा रेलको यात्रा  आंशिक रूपमा रद्द गरिएको छ भने २२ ओटा रेलहरू डाइभर्ट गरिएको छ।

    rel .jpg

    उक्त दुर्घटनामा भारत सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । रेलमन्त्री अश्विनी वैष्णवले भने, “केन्द्र सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ, घाइतेलाई २ लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।” 

    त्यस्तै, आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगन मोहन रेड्डीले अधिकारीहरूलाई राज्यका मृतकका परिवारलाई १० लाख रुपैयाँ र घाइतेहरूलाई २ लाख रुपैयाँ प्रदान गर्न निर्देशन दिएका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार