images
images

नेपाल एसबिआई बैंक कर्मचारीहरूले गरे एएमएल–सिएफटि प्रावधान पालना गर्ने प्रतिज्ञा

नेपाल एसबिआई बैंक कर्मचारीहरूले गरे एएमएल–सिएफटि प्रावधान पालना गर्ने प्रतिज्ञा

बिहिवार, कार्तिक १६ २०८०
बिहिवार, कार्तिक १६ २०८०
  • नेपाल एसबिआई बैंक कर्मचारीहरूले गरे एएमएल–सिएफटि प्रावधान पालना गर्ने प्रतिज्ञा

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले उच्चतम एएमएल-सिएफटि प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका छन् । ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण दिवस’को अवसरमा बैंकका कर्मचारीहरूले बैंकको सेवाहरू, माध्यमहरू र खाताहरू सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एएमएल–सिएफटि प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका हुन् ।

    बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा र प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादवले, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल र अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरूलाई उक्त प्रतिज्ञा गराए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार