images
images

हिमालयन रि इन्स्योरेन्सले परिवर्तन गर्‍यो आईपीओ निष्कासनको मिति, अब कहिलेदेखि खुला हुन्छ ?

हिमालयन रि इन्स्योरेन्सले परिवर्तन गर्‍यो आईपीओ निष्कासनको मिति, अब कहिलेदेखि खुला हुन्छ ?

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • हिमालयन रि इन्स्योरेन्सले परिवर्तन गर्‍यो आईपीओ निष्कासनको मिति, अब कहिलेदेखि खुला हुन्छ ?
    images
    images

    काठमाडौँ / हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको मिति परिवर्तन गरेको छ । 

    यस अघि कात्तिक २१ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गर्ने मिति तय गरिएकोमा तिहारको लामो विदालाई ध्यानमा राखी मङ्सिर ४ गतेदेखिको मिति तय गरिएको हो । 

    वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले मङ्सिर १८ गतेसम्म आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले जारी पूँजी १० अर्ब रूपैयाँ बराबरको ३० प्रतिशत दरको ३ करोड कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

    सर्वसाधारणमा प्रतिशेयर एक सय रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा कम्पनीले आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा ३० लाख कित्ता आईपीओ विक्रीमा आउने भएको हो ।

    पहिलो चरणको आईपीओ विक्री तथा बाँडफाँटपछि बाँकी रहेको आईपीओमध्ये सामूहिक लगानीकोषका लागि १५ लाख कित्ता, कर्मचारीका लागि ६ लाख कित्ता बाँडफाँट हुनेछ भने २ करोड ४९ लाख कित्ता आईपीओ भने दोसे चरणमा सार्वजनिक निष्कासनमा आउनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म माग गर्न सक्नेछन् । 

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । 

    आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ । धितोपत्र बजारमा पुनर्बीमा क्षेत्रको दोस्रो कम्पनीको रुपमा यो कम्पनी भित्रिन लागेको हो । 

    यस अघि पुनर्बीमा क्षेत्रको नेपाल पुनर्बीमा कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत रहेको छ । यो कम्पनी २०७८ साल असार ३१ गते तत्कालित बीमा समितिबाट कारोबारको स्वीकृति प्राप्त गरी सञ्चालनमा रहेको छ । अधिकृत पूँजी २१ अर्ब रूपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रूपैयाँ रहेको छ ।

    हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रूपैयाँ छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी २९ करोड २१ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रूपैयाँ ७ पैसा छ । गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ४४ करोड २४ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको देखिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार