images
images

तीन महिनामा नागरिक लगानी कोषले कमायो २६ करोड ४८ लाख, अन्य सुचक कस्तो ?

तीन महिनामा नागरिक लगानी कोषले कमायो २६ करोड ४८ लाख, अन्य सुचक कस्तो ?

बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • तीन महिनामा नागरिक लगानी कोषले कमायो २६ करोड ४८ लाख, अन्य सुचक कस्तो ?

    काठमाडौँ / नागरिक लगानी कोष (सीआईटी) ले तीन महिनामा २६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमास अर्थात् साउन, भदौ र असोजमा गरी कोषले कूल २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । 

    images
    images

    यो अघिल्लो वर्षको तुलनामा १३.८२ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा कोषले कूल २३ करोड २७ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

    यस पटक कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी र ब्याज आम्दानीमा वृद्धि भएसँगै खुद नाफा बढ्न पुगेको हो । कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी १२.१० प्रतिशतले बढेर ३२ करोड ९५ लाख १ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले सेवा तथा कमिसनबाट २९ करोड ३९ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

    यस्तै, समीक्षा अवधिमा कोषको ब्याज आम्दानी २३.०३ प्रतिशतले बढेर १२ करोड ४५ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा ब्याज आम्दानीमार्फत यस कम्पनीले १० करोड १२ लाख ३० हजार रुपैयाँ आर्जन गरेको थियो । 

    नागरिक लगानी कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषको आकार २३ अर्ब ३८ करोड ४३ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार